Dabali News

चर्चित मोडल रोशनले अनुलाई दुबईमा धोका दिए (भिडियोसहित) 

 

गायीका कला मगर र गायक मनु बिसीको ‘ए निष्ठुरी’ म्युजिक भिडियो सार्वजनिक भएको छ । माया प्रेम र विछोडको गीत संगीतलाई आम दर्शक तथा श्रोताले मन पराइरहेको अवस्थामा प्रेमी र प्रेमिका विचमा हुने मायाको फाटोलाई भावनात्मक रुपमा समेटिएको छ ।चोखो मायामा भौतारिएकी प्रेमीकालाई मायाको अभाव भएको कुरा गीतमा व्यक्त गरिएको छ ।

राधिका म्युजिक प्रालिले सार्वजनिक गरेको भिडियोमा सँगै मर्ने र सँगै बस्ने बाचा खाएको अवस्थामा पनि मायाको भाव ब्यक्त गर्न नदिने प्रेमीकालाई माया गर्न आग्रह प्रेमीले गरेका छन् ।

कसैको अभावमा भोगिएको पीडाका शब्दहरु ब्यक्त गर्न निकै अफटयारो हुने गर्दछ सोही पीडालाई मार्मिक रुपमा ‘ए निष्ठुरी’ गीतमा व्यक्त गरिएको छ ।

मनु विसीको शब्द तथा संगित संयोजनमा तयार पारिएको गितलाई दर्शक तथा श्रोताले अधिक मन पराउने र बास्तविक भोगाईमा आधारित भएको गितलाई मन पराउने अपेक्षा निमार्ण पक्षले गरेको छ ।

कमल निरजनमको निर्देशन तथा छायांकन उत्तम कुमार कार्कीको सम्पादन ‘ए निष्ठुरी’को भिडियोमा रहेको छ भने परदेशमा बसेर पनि नेपाली गीत संगीतलाई निकै माया गर्ने कलाकार रोशन पौडेल, अनु शेर्पा, लाक्पा युक्ति शेर्पा, मिलन अधिकारीको अभिनय रहेका छन् ।

भिडियो 

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]