Dabali News

माथिल्लो कर्णालीको सम्झौता बुधबार सकिँदै, फेरि म्याद नथप्‍न नेता र विज्ञको अाग्रह

२ असोज

काठमाडौं । माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माणको लागि लगानी जुटाउन जिएमआरले पाएको समय बुधबार सकिँदैछ । लगानी जुटाउन नसकेपनि सरकारले पटकपटक म्याद थप्दै आएको छ ।

सम्झौताको म्याद नथेर खारेज गर्नुपर्ने राजनीतिक दल तथा विज्ञहरुले माग गरेका छन् । उनीहरुले सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र ऊर्जा मन्त्रालयलाई ज्ञापनपत्रसमेत बुझाउँदै सो माग गरेका हुन् । निर्माण गर्ने नभएर नेपाली नदी कब्जा गर्ने नियत भएको भन्दै उनीहरुले सम्झौता खारेजीको माग गरेका छन् ।

क्रान्तिकारी माओवादी, राष्ट्रिय जनमोर्चा सोमबार राजधानीका एक कार्यक्रमको आयोजना गरी सम्झौता खारेजीको लागि दवाव दिएका छन् ।
क्रान्तिकारी माओवादीका वरिष्ठ नेता सिपी गजुरेलले सम्झौता राष्ट्रघाती भएको भन्दै खारेज गर्नुपर्ने बताए । “त्यो सम्झौता राष्ट्रघाती छ । खारेज हुनुपर्छ । कुनैपनि दृष्टिकोणबाट माथिल्लो कर्णाली जलविद्युत आयोजना भारतीय कम्पनीलाई दिनुपर्ने कारण छैन” गजुरेलले भने ।
राष्ट्रिय जनमोर्चाका सचिव भीमलाल पुरीले जलश्रोतबारे नेपालको राष्ट्रिय नीति नै नभएको भन्दै यसतर्फ सरकारले ध्यान दिनुपर्ने बताए ।
परराष्ट्रविद हिरण्यलाल श्रेष्ठले माथिल्लो कर्णाली विश्वको सबैभन्दा राम्रो र थोरै लागनीमा सम्पन्न हुने आयोजना भएको भन्दै सरकारले आफै निर्माण गर्नुपर्ने बताए । उनले माथिल्लो कर्णालीलाई ‘गोल्डेन प्रोजेक्ट’ भन्दै अरुलाई दिन नहुने बताए ।

पूर्वजलस्रोत सचिव द्वारिकानाथ ढुङ्गेल, राजनीतिक विश्लेषक सुरेन्द्र केसी, प्रा. विष्णु दाहाल, लामो समयदेखि माथिल्लो कर्णाली सम्झौता खारेजीको लागि संघर्ष गर्दै आएका भरत शाहीलगायत सम्झौता खारेज गर्नुपर्ने धारणा राखे ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]