Dabali News

शिवशक्ति ग्रुपको बृहत रक्तदान कार्यक्रम सम्‍पन्‍न

२ असोज

बारा । शिवशक्ति ग्रुपले बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । पर्साको चोर्नी ४ मा अवस्थित ग्रुपले विश्वकर्मा पुजाको उपलक्ष्यमा वृहत रक्तदान कार्यक्रमको आयोजना आफ्नै पराङ्गनमा गरेको हो ।

शिवशक्ति केमोप्लाष्ट प्रा.लि.,शिवशक्ति दाल मिल प्रा.ली.तथा शिवशक्ति पैकेजिङ्गको आयोजनमा समपन्न सो कार्यक्रमा शिवशक्ति केमोप्लाष्ट, तथा शिवशक्ति दालमिलमका जेनेरल मैनेजर रतनेश श्रीवास्तव प्रमुख अतिथि रहेको कार्यक्रममा शिवशक्ति केमोप्लाष्टका लेखा प्रबन्धक मनोज सिंह, प्रशासन अधिकृत राजेश मलिक,दाल मिलको प्रबन्धक मनिकान्त गुप्ता, डिस्पयाच ईन्चार्ज एकलाख हुुसैन, शिवशक्ति पैकेजिङ्गका एच. आर. जितेन्द्र राय लगायतको उपस्थिति रहेको थियो । त्यसैगरी सुग्रीम मण्डल, राजन गुप्ता, लगायत पनि अतिथि रहेका थिए ।

रक्तदान गरेर रगतको अभावलाई केही मात्रामा भएपनि कम गर्ने उद्देश्यले शिवशक्ति ग्रुपले उक्त कार्यक्रमको आयोजना गरेको प्रमुख अतिथि श्रीवास्तवले बताए । उनले रक्तदान संसारकै ठूलो दाल भएको समेत बताए । केमोप्लाष्टका प्रशासन अधिकृत मलिकले कुनै पनि बैज्ञानिकले आजसम्म रक्त बनाउन सफल नभएको बताउँदै रगतको अभाव पूरा गर्ने एउटै माध्यम रक्तदान भएको बताए ।

नेपाल रेडक्रस बिरगंजका डा.सौरभराज पाण्डेयलगायत आठ जनाको टिम रहेको सो रक्तदान कार्यक्रममा पच्चास जनाले रक्तदान गरेका थिए । समपन्न सो कार्यक्रमा शिवशक्ति केमोप्लाष्टको सहायक प्रशासन अधिकृत रमेश कार्कीको संचालन रहेको थियो ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]