Dabali News

Ad

भित्री लेयरमा सफ्ट कटन बाहिरी लेयरमा ऊलन भएको थर्मल वेयर जाडोमा उपयुक्त

६ पुस

काठमाडौँ । भित्री लेयरमा सफ्ट कटन तथा बाहिरी लेयरमा ऊलन भएको फेव्रिक थर्मल वेयर जाडोको लागि उपयुक्त हुन्छ ।

भित्री लेयरले न्यानो प्रदान गर्छ भने छालाले आरामपूर्वक श्वास लिन उाउँछ । नरम, आरामदायक तथा छाला फ्रेन्डली हुन्छ । पहिरन अनुसार थर्मल वेयरको चयन मिलाउन सकिन्छ ।

टु पिस थर्मल वेयर फरक–फरक डिजाइनमा पाईन्छ । अपर पार्टको डिजाइनमा स्लिभलेस, हाफ स्लिव, फुल स्लिवका साथमा डिप राउन्ड नेक, भी नेकबाहेक स्पेगेटी स्टाइलमा पनि पाईन्छ ।

बटममा लेगिङ, पाइन्ट तथा केप्री स्टाइल पनि उत्तिकै चलेको छ, यसलाई आफ्नो पहिरनअनुरूप सहज रूपमा क्यारी गर्न सकिन्छ ।

बडी वार्मरले इन्सुलेसन प्रविधिबाट काम गर्छ यसमा प्रयोग हुने फेब्रिकले शरीरको नरमपनको थोरै सोसेर सुकाउँछ र शरीर तथा कपडाका बीचको इन्सुलेटिङ लेयरमा हावाको प्रवाह कायम गर्छ ।

ऊलनको थर्मल वेयरले शरीरको तातोपन कायम राख्छ,वेयरको सफाइमा विशेष ध्यान र्पुयाउनु पर्छ ।

सीधै शरीरको सम्पर्कमा रहने हुनाले सफाइका लागि बजारमा उपलब्ध ऊलन डिटर्जेन्ट लिक्विड प्रयोग गर्नु पर्छ ।

तातोपानीले धुँदा थर्मल वेयर लुज हुने खतरा हुन्छ त्सकारण केही समय ऊलन लिक्विड डिटर्जेन्ट हालिएको चिसो पानीमा भिजाएर राख्नुपर्छ र हातले रब गर्दै राम्रोसँग धुनुपर्छ ।

डिटर्जेन्ट पूर्णरूपले पखालिसकेपछि एकपटक एन्टिसेप्टिक ड्रप हालिएको पानीमा चोबलेर निकाल्नु पर्छ र यसरी कीटाणुरहित हुन्छ ।

थर्मल वेयरलाई वासिङ मेसिनको ड्रायरमा सुकाएपछि घाममा सुकाउनुपर्छ यसो गर्दा पूर्णरूपमा सुक्छ ।

Ad
loading...

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]