Dabali News

मेथीको पात र दाना स्वास्थ्यका लागि अत्यन्त लाभदायक

६ पुस 

काठमाडौँ  । स्वास्थ्यबर्दक गुणहरुका कारण मेथीको साग अत्यन्त लाभदायक मानिन्छ ।

वारम्वार पिसाब लागिरहने समस्या छ भने मेथीको पातको रसले  निकै फाइदा पुग्छ । दैनिक यसको सेवनबाट तपाइंको समस्या धेरैहदसम्म कम भएर जान्छ ।

धेरैजसो मानिसहरुलाई पेटसम्बन्धी समस्याले सताइरहेको हुन्छ । यसमा कब्जियत र ग्यास्ट्रिक प्रमुख छन् ।

मेथीको हरियो साग खाँदा तपाईंको पाचनतन्त्र सुचारु रुपमा काम गर्नुका साथै कब्जियत वा ग्यास्ट्रिक जस्ता समस्याबाट छुट्कारा दिलाउँछ ।

मेथीको साग नियमित भोजनमा समावेश गर्नु औषधी खाए बराबर हुने आयुर्वेदले भन्छ । मेथीको दानाको चुर्ण बनाएर दिनुहुँ खाँदा तपाइको तौल नियन्त्रणमा रहन्छ, र बोसोको मात्रा बिस्तारै बिस्तारै कम हुन्छ ,मेथीको सेवनले जोर्नीको दुखाईबाट पनि मुक्ति हुन्छ।

यसको बिउ होस वा पात, दुवैले  जोर्नीको दुखाईलाई समानरुपले हल गर्छन् । मेथीलले रुघाबाट पनि बचाउँछ ।

यसलाई कुनै न कुनै रुपमा दैनिक रुपमा सेवन गर्दा रुँघाबाट जोगिन सकिन्छ । मेथीको पात तपाईंको कपालका लागि पनि अत्यधिक लाभप्रद हुन्छ ।

यसको पातलाई पिसेर कपालमा लगाउँदा कपाल कालो, बाक्लो र चमकदार हुन्छ । साथै कपाल झर्न पनि  रोक्छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]