Dabali News

युवतीलाई विदेशमा बेच्ने मेनपावर संचालक गुरुङलाई नेकपाले दल्यो कालोमोसो, अरु पाँच बदमासी

३१ भदौ

पोखरा । वैदेशिक रोजगारीको नाममा युवा युवतीलाई विदेशमा पठाउँदै अलपत्र पार्दैै आएको मेनपावर कम्पनीमाथि नेपाल कम्युनिष्ट पार्टीको युवा संगठन रेड फोर्सले कारवाही गरेको छ ।

पोखरास्थित लक्की मेनपारका संचालक रसबहादुर गुरुङलाई आइतबार कालोमोसो दलिएको छ । संचालक गुरुङले वैदेशिक रोजगारीको नाममा महिलाहरुलाई दिल्लीको बाटो हुँदै विदेशमा बेचबिखन गरेको, दर्जनौं युवाहरुलाई विदेशमा अलपत्र पारेको, विना इजाजत अवैध रुपमा मेनपावर संचालन गरेकोलगायतका आरोप लगाउँदै रेड फोर्सले चेतावनी स्वरुप कालोमोसो दलेको बताएको छ ।

त्यसैगरी गुरुङले विदेशमा ठगिएका युवाहरुको पैसा फिर्ता माग्दा उल्लटै धम्की दिने गरेको भन्दै चेतावनीस्वरुप गरिएको कारवाहीलाई अटेर गरे शसक्त कारवाही गर्न बाध्य हुने पर्चामा उल्लेख छ । लामो समयदेखिको अध्ययनका अाधारमा कारवाही गरिएको बताइएको छ ।

 

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]