Dabali News

सुतिरहेका तामाङको घाँटी रेटेर हत्या

३१ भदौ

सिरहा । गोलबजार नगरपालिका-३ पुरानो डिहमा एक युवकको खुकुरीले घाँटी रेटेर हत्या भएको छ ।

घरमै श्रीमती र ८ वर्षिय छोरासहित सुतिरहेको अवस्थामा शनिबार राति स्थानीय ३८ वर्षिय हेमबहादुर तामाङको हत्या भएको हो । चारैतिरबाट खुल्ला रहेको काठ र खरले छाएको घरमा लामा परिवार सुतिरहेको बताइएको छ ।

हत्याराले तामाङको घाँटीमा ३ पटक खुकुरी प्रहार गरेको र खुकुरी प्रहारबाट तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । हत्याराले हत्यामा प्रयोग भएको खुकुरी घरनजिकै फालेर गएकोे छ ।

सामान्य खेती गरेर जीवकोपार्जन गर्दै आएका उनलाई कसले किन हत्या गर्यो भन्ने खुल्न सकेको छैन ।
उनको १ छोरा र १ छोरी छन् । शव पोष्टमार्टमको लागि लहानको रामकुमार शारदा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा राखिएको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]