
३१ भदौ
काठमाडौं । नेपाल सरकारले साउदी अरवका लागि १३ सय रियाल (करिव ३९ हजार रुपैयाँ) न्युनतम तलव निर्धारण गरेको छ ।
अब साउदी रोजगारदाता कम्पनीले नेपाली कामदार लैजानुपरे न्युनतम तलव एक हजार रियाल र खाना वापत ३ सय गरी १३ सय रियाल तलव दिनु पर्नेछ ।
श्रम, रोजगार तथा सामाजीक सुरक्षा मन्त्रालयको प्रस्तावमा मन्त्रीपरिषदको बैठकले कामदारको न्युनतम तलब तोकेको हो । यसअघि खानासहित एक हजार रियाल तलव थियो ।
सरकारले साउदीको जीवनस्तर बढेको भन्दै नयाँ तलव तोकेको हो । सन् २०१३ मा तलव निर्धारण गरेपछि कामदारको तलव समिक्षा भएको थिएन ।
खुल्ला बजार भन्दै साउदी सरकार आफैले भने तलव तोक्ने काम गरेको छैन । कम्पनी र कामदारवीच समझदारी भएको तलवलाई साउदीले कार्यान्वयन गर्दैै आएको छ ।