Dabali News

बोलेरोको ठक्करबाट १ जनाको मृत्यु

३१ भदौ

चितवन । भरतपुर महानगरपालिका-१२ को गोन्द्राङमा शनिबार साँझ बोलेरोको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अन्दाजी ५५ वर्षिय नाम नखुलेको पुरुष व्यक्ति रहेको प्रहरीको भनाई छ उनको सनाखत हुन सकेको छैन । प्रहरीका अनुसार नारायणगढबाट रत्ननगरतर्फ जाँदै गरेको बा १७ च ५३४७ नंको बोलेरोले उनलाई ठक्कर दिएको हो ।

बोलेरोको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । ठक्कर दिने बोलेरो र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]