Dabali News

चन्द्रौटा घटनाका पीडितले ११ वर्ष बित्दा पनि न्याय पाएनन्

३१ भदौ

कपिलवस्तु । जिल्लामा ११ वर्ष पहिलो घटेको कपिललवस्तु (चन्द्रौटा) घटनाका पीडितले अझै न्याय पाएका छैनन् । २०६४ भादौ ३० गते अज्ञात समूहको गोली प्रहारबाट स्थानीय समाजसेवी अब्दुल मोइद खानको मृत्युपछि चन्द्रौटा लगायतका क्षेत्रमा साम्प्रदायिक हिंसा भड्किएको थियो । हिजो उक्त दिनका स्मरण गर्दै पीडितहरुले कालो दिनको रुपमा मनाए ।

उक्त घटनामा १४ जनाको हत्या, ७ सय बढि पसल, घरटहरा लुटपाट, आगजनी भएको थियो भने ३ सय बढि सवारी साधनमा आगजनी गरिएको थियो । घटना अनुसन्धान गर्न सरकारले पूर्व न्यायधिश लोकेन्द्र मल्लिकको संयोजकत्वमा आयोग गठन गरेको थियो ।

आयोगले सवारी साधन बाहेक करिब ४ करोड बढि क्षति भएको प्रतिवेदन सार्वजनिक गरेको थियो । प्रतिवेदनलाई आधार मान्दै साविकका ८ गाविसका ३ हजार बढि घटना पीडितले क्षतिपूर्ति माग गर्दै आएका छन् । घटनाको ११ बर्ष पुगिसक्दा पनि पीडितहरुले क्षतिपूर्ति नपाउँदा निरास भएका छन् । आफूहरुलाई सरकारले आश्वासन मात्रै दिने र न्याय नदिने गरेको गुनासो गरे ।

पीडितहरुले मल्लिक आयोगको प्रतिवेदनलाई आधार मानि २०६८ सालमा सर्वोच्च अदालतमा सरकारविरुद्ध मुद्धा दायर गरेका थिए । घटना पछिका हरेक वर्षहरुमा घटनापिडितहरुले भादौ ३० गतेलाई स्मरण गर्दै आएका छन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]