Dabali News

डीएसपी केसी नै निर्मला हत्याकाण्डमा मुछिए, हत्यारा बचाउन खोजेको आरोप

३१ भदौ

काठमाडौँ । सरकारले निर्मला पन्त हत्याकाण्डबारे छानविन नगरेको भन्दै सीआईाबीका डीएसपीसहित चार प्रहरीमाथि नै असुन्धान सुरु गरेको छ । जिम्मेवारीपूर्वक घटनाको छानविन गर्नुको साटो हत्यारालाई नै बचाउन खोजेको हुन सक्ने भन्दै उनीहरुमाथि नै छानविन सुरु भएको हो ।

उच्चस्तरीय छानविन समितिको सिफारिसमा गृहमन्त्रालयले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का डीएसपी अंगुर जिसीलाई निलम्बन गरेको छ । उनीहरुसँग निलम्बनमा पर्नेमा प्रहरी उपरीक्षक जगदिश भट्ट, प्रहरी निपरीक्षक एकेन्द्र खड्का र प्रहरी सहायक निरीक्षक रामसिंह धामी रहेका छन् ।

समितिले प्रारम्भिक प्रतिवेदन गृहमन्त्री रामबहादुर थापालाई बुझाएसँगै जिसीसहित उनीहरु छानविनका दायरामा आएका हुन् । गृहमन्त्री थापालाई बुझाएको प्रतिवेदनमा अन्य केही व्यक्तिमाथि अनुसन्धान अगाडि भनिएको छ ।

प्रतिवेदन बुझाएपछि विज्ञप्ति जारी गर्र्दै गृहमन्त्रालयले घटनालाई गम्भीरतापूर्वक लिएर अनुसन्धान भइरहेको बताइएको छ । आपराधिक घटनामा जो कोही संलग्न भएपनि कानुनी दायरामा ल्याई कारबाही गर्ने गृहमन्त्रालयले प्रतिवद्धता व्यक्त समेत गरेको छ ।

स्रोतका अनुसार डीएसपी केसीसहित प्रहरी निलम्बनमा परेका प्रहरीमाथि अनुसन्धान सुरु भइसकेको छ ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]