Dabali News

यी हुन् बबिता बमः निर्मला हत्याबारे झुट बयन, घरभित्र अाउन भनेकी हुँ (भिडियोसहित)

कञ्चनपुर । निर्मला हत्यासँग जोडिएकी साथीकी दिदी बबिता बमले आफूले निर्मलाकी आमालाई घरभित्र आउन भनेको बताएकी छन् । निर्मलाकी आमाको अगाडि उनलाई बयन गएिको छ ।

निर्मलाकी आमालाई आफूले घरभित्र आउन भनेकी बबिता बताइरहेकी छन् जबकी निर्मलाकी आमा दुर्गादेवी पन्तले आफूलाई गेटबाट भित्र आउनै नदिएको बताइरहेकी छन् । उनले आफूले निर्मला घरमा आएको थाहा पाएको तर जाँदा थाहा नपाएको बताएकी छन् ।

निर्मलाकी आमाले आफूलाई रोक्न गेटसम्म आएको बताइरहेको बेला बबिताले आफू गेटसम्म नआएको तर बराण्डासम्म आएको बताएकी छन् । दुर्गादेवीसँगै रहेका लक्ष्मणले पनि गेटसम्म आएको बताइरहेका छन् ।

बबिताले आफू उक्त बाटोमा नगएकोले बीचमा के भयो थाहा नभएको बताइन् । उनले आफूले आफ्नो सम्बन्ध ठूलासँग भएको धम्की दिएको भन्ने दुर्गादेवीको प्रश्नमा बबिताले केही बताइनन् । उनले आफूलाई निर्मला र रोशनीको बारेमा कुनै शंकास्पद गतिविधिबारे जानकारी नभएको समेत बताएकी छन् ।

बयनको क्रममा अाफ्नो साथीहरु धेरै भएको बताइन् तर मन मिल्ने साथीको नाम माग्दा हेलो-हाई मात्रै छ भनिन् । उनले अाफू अविवाहित भएको तर इंगेजमेन्ट भइसकेको समेत बताइन‍् ।

हत्याबारे बुझ्न भन्दै रिहा भएकी बबिता ३० हजार धरौटीमा रिहा भएकी छन् ।

यस्तो छ भिडियो

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]