Dabali News

हुम्ला ‘ए’ले जित्यो काठमाडौंमा फुट्सल प्रतियोगिता

३० भदौ

काठमाडौं ।

फुचा–काठमाडौं सम्पर्क समितिले मित्रतको लागि शनिबार काठमाडौंमा फूटसल प्रतियोगितो २०७५ योजना गरेको छ । हुम्ला जिल्लाको फुचा स्थित निलकण्ठ आधारभूत विद्यालयमा पुष्तकालय स्थापनाको लागि सो प्रतियोगिता आयोजना गरेको सो समितिका अध्यक्ष हरिचन्द्र बुढाले अनलाइन डबलीलाई बताए ।

काठमाडौंको जोरपाटी स्थित ब्राइट जोन इन्टरनेश्नल स्कूलमा भएको सो प्रतियोगितामा १२ ओटा टीम सहभागि भएको आयोजकले जानाएको छ । हुम्ला फुटबल क्लब ‘ए’ले प्रथम पुरस्कार, कन्जिरुवा फूटबल क्लब जुम्लाले द्वितीय र डोल्पा फूटबल क्लबले त्रितिय स्थान हासिल गर्न सफल भएका छन् ।

प्रथम हुने टिमले २० हजार रुपैयाँ सहित सिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन भने द्वितीय हुने टिमले ७ हजार रुपैयाँ सहित सिल्ड तथा प्रमाण पत्र प्राप्त गरेका छन् । त्यस्तै त्रितिय हुनेले मेडल सहित प्रमाण पत्र प्राप्त गरेका थिए ।

सो प्रतियोगितामा फुचा गाऊँ टिम ए, फुचा गाऊँ टिम बी, हुम्ला फुटबल ए, हुम्ला फूटबल बी, रुकुम फूटबल क्लब, लिमि फुटवल क्लब, डोल्पा फूटबल क्लब, डोल्पो फूटबल क्लब, नाम्खा फूटबल क्लब, ठेए फूटबल कल्ब, कन्जिरुवा फूटबल क्लब र अदाञ्चुली फूटबलक क्लब गरेर १२ ओटा समुहको सो प्रतियोगितामा सहभागिता जनाएका थिए ।

प्रतियोगिता कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ पत्रकार डा.दीपेन्द्र रोकायाले विजेता टिम तथा खेलाडीहरुलाई पुरष्कार वितरण गरेका थिए । साथै डा.रोकायाले हुम्ला जिल्ला जो राज्यले कम आकलन गर्दै आएको मनोविज्ञानलाई हुम्ली युवाहरुको जोशिला कार्यले चिर्दै गएको धारणा व्यक्त गरे ।

साथै फुचाका युवाहरुले राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्न सफल भएकोमा बधाई दिदै प्रशंसा पनि गरे । सो प्रतियोगिताको उद्घाटन नेकपा (माओवादी केन्द्र) का महासचिब कर्णजित बुढाथोकी ‘शुसिल’ले गरेका थिए । महासचिब बुढाथोकीले राष्ट्रिय स्तरको खेल आयोजना गरेकोमा युवाहरुलाई धन्यवाद दिदै त्यस्ता कामलाई भावि दिनहरुमा पनि निरन्तरता दिनेमा आशा व्यक्त गरे ।

२०७४ सालमा स्थापित फुचा–काठमाडौं सम्पर्क समितिले आगमी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिने समिति अध्यक्ष बुढाले बताए । सो प्रतियोगिताको प्रायोजन हुम्ला पोल्ट्रि फार्मले गरेको थियो ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]