Dabali News

‘लिटिल बुद्ध’ बम्जन पनि बलात्कारी, किशोरी न्याय खोज्दै काठमाडौंमा

३० भदौ

काठमाडौं । महिलामाथि भइरहेका बलात्कारका घटना बढिरहेका र कारवाहीको लागि सडक तातेको बेला अर्को बलात्कारको घटना सार्वजनिक भएको छ । त्यो पनि बुद्धत्व प्राप्त गर्न भन्दै तपस्या बसेका व्यक्तिबाट ।

तपस्बी रामबहादुर बम्जनले एक किरोशीलाई बलात्कार गरेको आरोप लागेको छ । बाराको जंगलमा तपस्या गरिरहेका बम्जनले गुम्बाभित्रै एक किशोरीलाई पाँच वर्षसम्म बलात्कार गरेका छन् ।

आफूलाई ‘लिटिल बुद्ध’ घोषणा गरेको बम्जनले रौतहट गुजरा नगरपालिकाकी एक किशोरीलाई गुम्बाभित्र बलात्कार गरेका हुन् । शनिबार पत्रकार सम्मेलन गरेर १७ वर्षीय किशोरीले आफूमाथि बम्जनले पटकपटक बलात्कार गरेको जानकारी गराएकी छन् ।

तपस्या गरिरहेका बम्जनले २०७१ साउनदेखि २०७५ असारसम्म आश्रममा बस्दा पटकपटक पटकपटक बलात्कार गरेको पत्रकार सम्मेलनमा किशोरीले बताइन् । उनी महिला अधिकारकर्मीहरुको सहयोगमा काठमाडौँ आएकी हुन । १८ वर्षीया ती किशोरीले बम्जनको गुम्बामा आफू आनी बन्न गएको बताएकी थिइन् ।

पत्रकार सम्मेलनमा उनले बलात्कार भए लगत्तै आफूले प्रहरीलाई उजुरी गर्छु भन्दा बम्जनकी श्रीमतीले धम्काएका कारण आफूले यो विषय बाहिर ल्याउन नसकेको बताइन् ।

पछिल्लो समय बलात्कारको विषयमा पीडा लुकाउनु हुँदैन भन्ने आवाज उठे पछि आफू महिलाअधिकारकर्मीमार्फत न्याय खोज्न काठमाडौं आएको बलात्कृत किशोरीले बताइन् । उनले आफूले न्याय नपाउने ठहर गर्दै आत्महत्याको प्रयास समेत गरेको पत्रकार सम्मेलनमा बताइन ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]