Dabali News

असोजमा राष्ट्रिय लाखेनाच प्रतियोगिता हुने

३० भदौ

चितवन । यही असोज ३ र ४ गते नारायणगढ बसपार्कमा छैठौँ राष्ट्रिय लाखेनाच प्रतियोगिता हुने भएको छ ।

लोक संस्कृति संरक्षण तथा राष्ट्रिय लाखेनाच प्रतिष्ठान नेपालको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा यस वर्ष ४० समूहले सहभागिता जनाउने भएका छन् । प्रतिष्ठानका अध्यक्ष निर्जललाल श्रेष्ठका अनुसार पूर्वको इलामदेखि सुदुरपश्चिमसम्मका समूहले सहभागिता जनाउने छन् ।

२ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना पाउने ४ समूहले क्रमशः ७५ हजार, ५० हजार, २५ हजार र १० हजार नगद पुरस्कार प्राप्त गर्ने अध्यक्ष राजेन्द्रकुमार पियाले जानकारी दिए ।

प्रतियोगिता शुरु हुनु अगाडि असोज ३ गते बिहान नारायणगढमा शोभा यात्रा निकालिने छ । लोप हँुदै गएको संस्कृति जोगाउन र नयाँपुस्तालाई सभ्यताको जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको लोक संस्कृति संरक्षण तथा राष्ट्रिय लाखेनाच प्रतिष्ठान नेपालले जनाएको छ ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]