Dabali News

Ad

तीन सय जनालाई आय आर्जनमूलक व्यवसायमा जोडिने

४ पुस

डोटी  । जिल्लाका करिब तीन सय जना मानिसलाई सन् २०१८ भित्र प्रत्यक्ष आयआर्जनमूलक व्यवसायमा जोडिने भएको छ ।

राष्ट्रिय वातावरण तथा सम विकास समाज (निड्स) नेपाल कञ्चनपुरले दुई जिल्लाका दुई सय ९३ जना आप्रवासी परिवारका लागि आयआर्जनमूलक व्यवसायमा जोड्ने लक्ष्य लिएको छ।

एडब्ल्युओ इन्टरनेशनलको सहयोगमा निड्सले सञ्चालन गरेको सुरक्षित आप्रवाशन प्रवद्र्धन तथा मानव बेचविखन रोकथाम परियोजना अन्र्तगत दुई सय ९३ जना आप्रवासी परिवारका लागि आयआर्जनमूलक व्यवसायमा जोड्ने लक्ष्य लिएको  छ ।

आयआर्जनमूलक व्यवसाय छनौट, सम्बन्धित व्यवसायका लागि प्राविधिक तालिम र आर्थिक सहयोग गर्ने योजना छ ।

सानो लगानीबाट आयमूलक व्यवसायमा जोडिने आप्रवासीहरुका परिवारलाई प्राथमिकतामा राखेर सहयोग गरिने निड्स नेपालका अध्यक्ष अञ्जु भट्टले बताईन् । उनले भनिन्–‘खास गरी विदेशीएका मानिसहरुलाई सकभर आफ्नै गाउँठाउँमा रोकेर आयआर्जनमूलक व्यवसायमा लगाउने, आप्रवासी परिवारका महिलाहरुलाई पनि आयमूलक व्यवसायमा लगाउनमा हामीले जोड दिएका छौं ।’

जिल्लामा आप्रवासीहरुका परिवारका सदस्यहरुलाई आफुले गर्न सहज हुने आयआर्जनमूलक व्यवसाय छनौटको तालिम शुरु भईसकेको सँस्थाले जनाएको छ ।

व्यवसाय छनौट गरिसकेपछि प्राविधिक सिपका लागि विभिन्न सरकारी तथा गैरसरकारी संघसँस्थासँगको समन्वयमा छनौट गरिएका उद्यमी व्यवसायीहरुलाई तालिम दिईने जनाईएको छ ।

प्राविधिक दक्षताका साथ व्यवसाय गर्न तयार भएपछि व्यवसायीहरुलाई सक्दो सहयोग गरिने बताईएको छ । मूख्यतया बाख्रापालन, कुखुरापालन र तरकारी खेतीका लागि व्यवसायीहरु इच्छुक देखिएको निड्सका संयोजकले जानकारी दिए ।

कसले कुन व्यवसाय गर्ने भन्ने विषयमा आफ्नो समूहमा छलफल गरेर सँस्थालाई जानकारी गराई तालिम र आर्थिक सहयोग माग गरिने डोटीको शिखर नगरपालीका ३ मुड्भराको छडि आप्रवासी महिला समूहका सचिव मनु नेगीले बताईन् ।

डोटी जिल्लाका हकमा सुरक्षित आप्रवासन सम्बन्धी काम गर्ने निड्स नेपाल नै पहिलो सँस्था हो ।

Ad
loading...

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]