Dabali News

स्वाइन फ्लु र हङकङ फ्लुग्रस्त कञ्चनरुप विपद क्षेत्र घोषणा

३० भदौ

काठमाडौं । प्रकोप नियन्त्रण नहुन्जेलसम्मका लागि सप्तरीको कञ्चनरुप नगरपालिका क्षेत्रलाई विपद क्षेत्र घोषणा गरिएको छ ।

जिल्ला दैवी प्रकोप उद्धार समिति सप्तरीको आकस्मिक बैठकले स्वास्थ्य सेवा विभागको इपिडीमियोलोजी तथा महामारी रोग नियन्त्रण शाखाको टोलीले बिरामीको र्याल परीक्षण गरी उनीहरूमा स्वाइन फ्लु र हङकङ फ्लु भएको पुष्टि गरेपछि कञ्चनरुप नगरपालिकालाई विपद क्षेत्र घोषणा गरिएको नगरपालिका प्रमुख वसन्त मिश्रले बताए ।

सो क्षेत्रमा केही दिनदेखि रुघाखोकी र ज्वरोका बिरामीमा ‘एच वान एन वान’ (स्वाइन फ्लु) र ‘एच थ्रि एन टु’ (हङकङ फ्लु) को भाइरस फेला परेको छ । रोगका कारण कञ्चनरुप नगरपालिका र हनुमाननगर कंकालिनी नगरपालिकामा ५ जनाको मृत्यु भएको छ ।

सो रोगबाट कञ्चनरुप नगरपालिका-४ की ६० वर्षिय भालसरदेवी सरदारको विराटनगरस्थित ग्रिनक्रस हस्पिटलमा र महदेवा गाउँपालिका-१ का ८ वर्षिय बालक महफुल आलमको उपचारका क्रममा मृत्यु भएको बताइएको छ । यस्तै कञ्चनरुप नगरपालिका-७ का १४ वर्षिय दिवश बस्नेत, ३ का १४ वर्षिय किशोर राम र ९ का १४ वर्षिय आमोदकुमार रामको मृत्यु भएको थियो ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]