Dabali News

साउदीका राजकुमार संसारकै सबैभन्दा महंगो महलको मालिक

४ पुस

काठमाडौं । संसारकै सबैभन्दा महंगो मानिएको फ्रान्सको महल साउदीका राजकुमार मोहम्मद बिन सलमानले किनेका छन् ।

२ वर्षअघि फ्रान्समा रहेको ‘चतेऔ लुइस एक्सआइभी’ महल ३०० मिलियन अमेरिकी डलर ( करिव ३१ खर्ब रुपैयाँ) मा बेचिएको थियो । त्यस समयमा उक्त महल खरिद गर्ने व्यक्तिको नाम गोप्य राखिएको थियो ।

उक्त महल संसारमा सबैभन्दा महंगो रकममा बेचिएको थियो । हाल आएर ‘न्यू योर्क टाइम्स’ले उक्त महल साउदीका राजकुमार मोहम्मद बिन सलमानले किनेको उल्लेख गरेको छ ।

राजकुमार सलमानले यसअघि ५० करोड अमेरिकी डलरमा एक आलिसान जहाज र ४५ करोड अमेरिकी डलरमा लियोनार्दो दा भिन्चिको महंगो पेन्टिङसमेत किनेका थिए ।

५७ एकड जमिनमा फैलिएको उक्त महलमा लगाइएको रङ, झरना, मार्बल, मुर्तिमा सुनको जलप लगाइएको छ । १७ औं शताब्दिको शैलिमा सन् २००८ देखि २०११को बीचमा चतेऔ लुइजले बनाएको उक्त महलमा रहेको आधुनिक ‘फाउन्टेन्स् साउन्ड सिस्टम्स’ बत्ति, ‘एअर कन्डिसन्स’लाई आइफोनबाट नियन्त्रण गर्न सकिन्छ ।

महलमा पानीमुनि रहेको पारदर्शी ‘च्याम्बर’माथि बनाइएको आधुनिक ‘स्विमिङ’ पुल, लुइज एक्सआइभिको मुर्ति जमिनमा राखिएको मार्बलमा बनाइएको घडी थप विशेषता रहेका छन् ।

अमेरिकी गुप्तचर संस्था सिआइएका विश्लेषक तथा लेखक ब्रूस ओ राइडलले राजकुमार सलमानले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो छबि सुधार्ने कोशिस गरिरहेका बताएका छन् ।

उनले भने, ‘धेरै हदसम्म सलमान अन्य साउदी शासकभन्दा फरक छन् । उनी भ्रष्ट नभइ एक सामाजिक सुधारकका रुपमा देखिएका छन् । तर, उनको यो व्यवहारले फरक पार्न सक्छ ।’

महलका विक्रिकर्ता फ्रान्सका चतेऔ लुइससँगको एक अन्र्तर्वाता तथा विभिन्न कागजपत्रको अध्ययनपश्चात उक्त आलिशान महल राजकुमार सलमानले नै किनेको उल्लेख गरेको छ ।

एजेन्सीका अनुसार, फ्रान्स तथा लग्जेम्बर्गका केहि खरिदकर्ता कम्पनिहरुको सहयोगले राजकुमार सलमानले उक्त महल किनेका थिए ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]