Dabali News

एसपी बिष्टसहित ३ जनाको डिएनए परीक्षण शुरु

२८ भदौ

कंचनपुर । निर्मला पन्तको बलात्कारपछि भएको हत्याको अनुसन्धानमा शुरु देखि नै लारपाही गरेर प्रमाण नष्ट गरेको आरोप लागेका तत्कालिन एसपी डिल्ली बिष्टको डिएनए परीक्षण गर्न थालिएको छ ।

अनुसन्धानको क्रममा उनको डिएनए परीक्षणको लागि पठाइएको प्रहरी प्रवक्ता शैलेस थापाले बताए । एसपी बिष्टका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष बिष्टको रगत पनि डिएनए परीक्षणको लागि पठाइएको छ ।

३ जना शंकास्पद देखिएकाले रगत परीक्षणका लागि डिएनए परीक्षण पठाइएको हो । निर्मला आफन्त र स्थानीयले एसपी र डिएसपीको डिएनए परीक्षणको माग गरेका थिए ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]