Dabali News

आज नेप्से दोहोरो अंकले बढ्यो

२८ भदौ

काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज(नेप्से)को कारोबार दोहोरो अंकले बढेको छ ।

बुधबार १३ अंकले बढेको नेप्से परिसूचक आज बिहिबार १४.१३ अंकले बढेर १२ सय ४४.८४ विन्दुमा पुगेको छ ।

१७३ कम्पनीका २७ लाख ११ हजार कित्ता शेयरहरु ७२ करोड ९८ लाख ५ हजार ५४६ रुपैयाँमा खरिद विक्री भएका छन् । क बर्गका कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३.४७ अंकले बढेको छ ।

बुधबार ४३ करोड रूपैयाँको कारोबार भएको थियो । समूगत कारोबारतर्फ नीर्जिवन बिमा समूह ४१.४१ अंकले र जीवन बिमा समूह ११.२८ अंकले घटेका छन् । होटल समूहमा भने ३२.१९ अंकले बढेको छ । बैंकिङ समूह १६.२ अंकले बढेको छ ।

आजको कारोबारमा सबैभन्दा धेरै एनएमबी बैंकको ५ करोड ९४ लाख ५१ हजार रुपैयाँको शेयर किनबेच भएका छन् भने एनआईसी एसियाको ५ करोड ४९ लाख ६९ हजार रुपैयाँको शेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]