Dabali News

मौलिक हक सम्बन्धी प्रतिवेदन पेश

२८ भदौ

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा मौलिक हक सम्बन्धमा व्यवस्था गर्न बनेका पाँच विधेयकसम्बन्धी सम्बन्धित समितिको प्रतिवेदन पेश भएका छन् ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका ज्येष्ठ सदस्य मुकुन्द न्यौपानेले ‘उपभोक्ता संरक्षण विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७५’ र ‘रोजगारीको हकसम्बन्धी विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७५’ प्रस्तुत गरेका छन् ।

विकास तथा प्रविधि समितिका ज्येष्ठ सदस्य जिपछिरिङ लामाले ‘आवासको अधिकारसम्बन्धी विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७५’ पेश गरे ।

शिक्षा तथा स्वास्थ्य समितिका ज्येष्ठ सदस्य मानबहादुर विकले ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७५’ र ‘जनस्वास्थ्य विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०७५’ पेश गरे ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘पारमाणविक विज्ञान तथा प्रविधिसम्बन्धी अनुसन्धान, विकास र तालीमका लागि सम्पन्न क्षेत्रीय सहयोग सम्झौता, २०१७’ पेश गरेका हुन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]