Dabali News

विद्युत चोर्ने ३ सय जना कारवाहीमा, २८ लाख राजश्व र २ करोड ८ लाख २९ हजार जरिवाना सङ्कलन

२८ भदौ

चितवन । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले विद्युत चोरी गर्ने ३०२ जनालाई कारवाही गरेको छ ।

विद्युत चोरी नियन्त्रण अभियानका क्रममा केन्द्रले गत आर्थिक वर्षमा हुकिङ गर्ने, मिटर बन्द गर्ने, मिटरमा लगाइएको सिल तोड्ने कार्य गरेका उनीहरुलाई कारवाही गरेको हो ।

उनीहरुबाट २८ लाख २० हजार राजश्व सङ्कलन गरेको छ । कार्यालयका प्रमुख सुरेशकुमार महतोका अनुसार चुहावट नियन्त्रणका लागि कार्यालयले समय समयमा छड्के अनुगमन गर्ने गरेको छ । जसका कारण चुहावटमासमेत कमी आएको कार्यालयको दाबी छ । अघिल्लो आवको तुलनामा गत आवमा विद्युत चुहावटमा १.१८ प्रतिशतले कमी आएको छ ।

अघिल्लो आवमा १२.३९ प्रतिशत विद्युत चुहावट भएकामा गत आवमा ११.२१ प्रतिशत विद्युत चुहावट भएको थियो । यसलाई घटाएर चालू आवमा शून्य प्रतिशत चुहावट झार्ने उद्देश्य रहेको बताए ।

कार्यालयले सोही अवधिमा समयमै महशुल नबुझाएका १ हजार १८३ जना सेवाग्राहीको लाइन काटेको छ । काटिएका लाइनमध्ये १ हजार १०० जनाको पुनः जडान गरिएको छ । पुनः जडान गर्ने सेवाग्राहीबाट २ करोड ८ लाख २९ हजार जरिवाना रकम सङ्कलन गरेको छ ।

केन्द्रले भरतपुर महानगरपालिका, माडी नगरपालिका, इच्छाकामना गाउँपालिका र देवघाट गाउँपालिकाका केही क्षेत्रमा विद्युत आपूर्ति गर्दै आएको छ ।  गत आवमा ७ हजार नयाँ ग्राहक थपिएसंगै ग्राहकको संख्या ८० हजार १९९ पुगेको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]