Dabali News

निर्मला हत्याबारे गृहमन्त्रीले जवाफ दिने प्रतिवद्धतापछि संसद सुचारु

२८ भदौ

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले निर्मला हत्याकाण्डबारे सदनलाई जवाफ दिने सरकारको प्रतिवद्धतापछि संसद सुचारु भएको छ ।

बिहीबार बसेको संघीय संसदको बैठक नेपाली काँग्रेसले अवरुद्ध गरेको थियो । उसले निर्मला पन्त र आफ्ना तरुण दलका रोल्पा नेताको हत्याबारे जवाफ माग्दै सदन अवरुद्ध गरेको थियो ।

प्रमुख प्रतिपक्षी दल काँग्रेसले विरोध जनाएपछि सदन अवरुद्ध भएको थियो । पहिलो बैठक स्थगित भएको थियो ।

दोस्रो बैठकमा कानुनमन्त्री भानुभक्त ढकालले सरकारको तर्फबाट पन्त हत्याबारे शुक्रबारको बैठकमा गृहमन्त्रीले जवाफ दिने प्रतिवद्धता जनाएपछि संसद सुचारु भएको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]