Dabali News

महिलाहरु प्रसूति गराउन छिमेकी जिल्लाको भर

२८ भदौ

इलाम । इलामका महिलाहरु प्रसूति गराउन छिमेकी जिल्लाको भर पर्नुपर्ने बाध्यता रहेको छ ।

जिल्लाका ५० प्रतिशत भन्दा बढी महिला अहिले प्रसूति गराउनकै लागि झापासम्म पुग्ने गरेका छन् ।
इलामको एक मात्र जिल्ला जनस्वास्थ्य कार्यालयमा सामाग्री अभाव र कर्मचारी अपुगहुँदा महिलाहरु प्रसूतिको लागि जोखिम मोलेर झापासम्म पुग्ने गरेका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय इलामको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७४–०७५ मा जिल्लामा २० वर्ष भन्दा कम उमेरका ७ सय ५० जना महिलाले पहिलो पटक गर्भ जाँच गराएका छन् । यी मध्ये ३ सय ३ जना महिलाले मात्र इलामका स्वास्थ्य संस्थाबाट प्रसुती सेवा लिएका छन् । ४ सय ४७ ले जिल्ला बाहिरबाट प्रसूति सेवा लिएका छन् ।

सोही आर्थिक वर्षमा २० वर्ष भन्दा बढि उमेर समूहका २ हजार १ सय जना महिलाले पहिलो गर्भ जाँच गराएका थिए । जिल्लामा जम्मा १ हजार ४ सय ४६ जना महिलाले इलाम अस्पतालसहित जिल्लाका विभिन्न स्वास्थ्य संस्थाबाट प्रसूति सेवा लिएको पाइएको छ ।

स्वास्थ्य जाँच गराएकामध्ये ३० प्रतिशत महिलाले मात्र जिल्लाका स्वास्थ्य संस्थाबाट प्रसूति सेवा लिने गरेका छन् ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]