Dabali News

अन्धाधुन्ध कार हाँक्दा ९ को मृत्यु, ४३ जना घाइते

२८ भदौ

काडमाडौं । चीनको दक्षिणी हुनान प्रान्तको हेगयांग शहरको व्यस्त चोकमा एक व्यक्तिले अन्धाधुन्ध कार हाँक्दा झण्डै एक दर्जन व्यक्तिको मृत्यु भएको छ ।

घटनामा कम्तिमा पनि ९ व्यक्ति मारिएको र ४३ जना घाइते भएको अन्तर्राट्रिय संचार माध्यमले जनाएका छन् । स्थानीय समयअनुसार साँझ पौने आठ बजे बिनजियांग चोकमा रातो रङको एसयूवी कारले थुप्रै व्यक्तिहरुलाई ठक्कर दिएको थियो ।

स्थानीय संचार माध्यमहरुले त्यसक्रममा केही व्यक्तिहरुमाथि चक्कु प्रहार भएको पनि बताएका छन् । सुरक्षा अधिकारीहरुले कार चलाउने व्यक्ति आपराधिक पृष्ठभूमीको रहेको र उसलाई पक्राउ गरिएको जनाएका छन् ।

घटनामा चरमपंथीहरुको संलग्नता रहे या नरहेको बारेमा भने केही खुलाइएको छैन ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]