Dabali News

बलात्कारीहरु संसारकै कायर पुरुष हुन्, जसले मन-भावना जितेर शारीरिक सम्बन्ध राख्न सक्दैनन्ः सरु

२८ भदौ

काठमाडौँ । सामाजिक अभियान्त सरु सुनारले बलात्कारीलाई संसारकै कायर पुरुष भएको बताएकी छन् । उनले माया गरेर शारीरिक सम्बन्ध राख्न नसक्ने र मन जितेर प्रेम गर्न नसक्ने बलात्कारीहरु संसारै कायर पुरुष भएको बताइन् ।

“ मन जितेर प्रेम गर्न नसक्ने, माया गरेर शारीरिक सम्बन्ध राख्न नसक्ने ? बलात्कारीहरु कायरहरु हुन्, जसले कसैको मन भावना र जितेर प्रेम गर्न नसक्नेहरु, हातखुट्टा बाधी नारीको शरीर भोग गर्ने संसारको कायर पुरुष हो” सरुले सामाजिक संजालमा लेखेकी छन् ।

बलात्कारीलाई कडा कारवाहीको माग गर्दै पीडितको लागि न्यायको लागि संघर्ष गरिरहेकी सरुले पछिल्ला दिनमा दिनदिनै बलात्कारका घटना घटिरहँदा सामाजिक संजालमा उक्त कुरा भनेकी हुन् । मन पराएकी केटीले प्रेम प्रस्ताव गरिनन् भने एसिड छर्ने, केटीले यौन प्रस्ताव मनिन भने बलात्कारी गर्ने ? अनि मार्ने भन्दै प्रश्न समेत गरेकी छन् ।

आफ्नो छोरी, बैनीजस्ता बालिकालाई देख्दा कुकुरको सेक्स फिलिङ गर्ने ? भन्दै उनीहरु मानवरुपी जंगली जनावार भएको बताइन् ।

यस्तो सरुले फेसबुकमा लेखेको स्टाटसः

बलात्कारीहरु सबैभन्दा कायर हुन् ….। मन पराएको यवतीले प्रेम प्रस्ताब अस्वीकार गरिन् भने एसिड छर्ने । उसलाई यौन तृष्णा जाग्यो अनि कुनै केटीलाई प्रस्ताव राख्यो मानिन भने योजना बनाई बलात्कार गर्ने ? अनि मार्ने ?

आफ्नो छोरी, बैनीजस्तो सानो ६–७ वर्षको बालिकालाई देख्दा कुकुरको सेक्सको फिलिङ हुने ? थुक्क मानबरुपि जंगली जनावर ..।
मन जितेर प्रेम गर्न नसक्ने, माया गरेर शारीरिक सम्बन्ध राख्न नसक्ने ? बच्चा र आफ्नो पराइ नचिन्ने अपराधीलाई जीवन भर त्यसको मर्दालिंनी कहिले सक्रिय नहुनी इन्जेक्सन लगाइदिन पाए ताकी फेरि अरु कुनै नारीलाई बलात्कार गर्न सक्ने थिएन …।

बलात्कारीहरु कायरहरु हुन् जसले कसैको मन र भावना जितेर प्रेम गर्न नसक्नेहरु, हातखुट्टा बाधी नारीको शरीर भोग गर्ने संसारको कायर पुरुष हो ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]