Dabali News

ट्रम्पलाई किमजोङको नयाँ पत्रः ट्रम्प उत्साहित, दोस्रो वार्ताको तयारी

२८ भदौ

काठमाडौँ । उत्तर कोरियाका नेता किमजोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच दोस्रो चरणको वार्ताको तयारी भइरहेको छ ।

किमजोङको पछिल्लो पत्रबाट निकै उत्साहित भएका ट्रम्पले दोस्रो वार्ताको तयारी थाल्न ह्वाइटहाउसका कर्मचारीलाई निर्देशन दिइसकेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

ह्वाइटहाउसका प्रवक्ता सराह स्यान्डर्सले किमजोङको पछिल्लो पत्रलाई निकै न्यानो भन्दै उत्तर कोरियाले परमाणु निस्शस्त्रीकरणका लागि गरेको प्रतिबद्धता थप प्रस्ट भएको बताइन् ।

“पत्रको मुख्य उद्देश्य राष्ट्रपतिलाई अर्को बैठकका लागि आग्रह गर्ने र मिति तय गर्नु हो । हामी त्यसको समन्वयका लागि तयार छौं र प्रक्रियासमेत सुरु गरिसकेका छौं” स्यान्डर्सले भनिन् । उनले दोस्रो बैठक हुने सम्भावित मितिबारे भने केही उल्लेख गरिनन् ।

पत्रमा किमजोङले के लेखेका छन् भन्‍ने कुरा पनि प्रवक्ता स्यान्डर्सले केही खुलाउन चाहिनन् ।

ट्रम्प र किमजोङबीच भएको पहिलो शिखर वार्तापछि केही समय सम्बन्ध चिसिएको जस्तो देखिएको तर उनको पछिल्लो पत्रले दोस्रो चरणको वार्ता हुने सम्भावना बढेको छ । गत जुन १२ मा सिंगापुरमा शिखर बैठक भएको थियो ।

यसमा दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनले भूमिका खेलेको बताइएको छ । उनले ट्रम्प र किमको भेटवार्तामा लगातार प्रयास जारी राख्ने प्रतिज्ञा गरेका थिए ।

मुनले मंगलबार नै कोरियाली द्वीपको पूर्ण निस्शस्त्रीकरण नै अमेरिका र उत्तर कोरियाबीच समस्या समाधानको आधारभूत कुरा भएको बताएका थिए ।

यसअघि उत्तर कोरियाले आफ्नो ७० औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको सैनिक परेडमा अन्तरमहादेशीय क्षेप्यास्त्र प्रदर्शन नगरेकोमा ट्रम्पले किमलाई धन्यवाद दिएका थिए । ट्रम्पले ट्वीटरमा लेखेका थिए, ‘धन्यवाद अध्यक्ष किम, हामी दुवै जनाले सबैलाई गलत सावित गर्नेछौं ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]