Dabali News

बसुन्धरालाई लाईफटाईम, भुवनलाई सम्मान

२८ भदौ

काठमाडौं । सूर्य ईनटरनेशनल अवार्ड–२०१८ मा नेपाली फिल्म क्षेत्रमा निरन्तर लाग्दै आईरहेका ४ जना कलाकार तथा पत्रकारलाई सम्मान तथा पुरस्कृत हुने भएका छन् । ३ दशकभन्दा बढि समय फिल्म क्षेत्रमा निरन्तर क्रियाशिल वरिष्ठ चलचित्रकर्मी तथा नेपालको पहिलो हाँस्यअभिनेत्री बसुन्धरा भुषाललाई सूर्य लाईफटाईम एचिभमेन्ट अवार्ड–२०१८ बाट सम्मान गर्न लागिएको हो ।

यस्तै तीनदशक देखीलगातार फिल्म क्षेत्रमाक्रियाशिल रहँदै फिल्म क्षेत्रलाई योगदान पुराउनु भएका नायक भुवन केसीलाई सूर्य कलाकारिता सम्मान–२०१८ बाट सम्मानगर्न लागिएको आयोजक संस्था सुर्य र्पोरेशनका अध्यक्ष बासुदेव लामिछानेले जानकारी दिए ।

यस्तै देढ दशकदेखी निरन्तर चलचित्र पत्रकारितामा सक्रिय पत्रकार समिप्यराज तिमल्सेनालाई सूर्य चलचित्र पत्रकारिता पुरस्कार र एक दशकदेखि क्यामराको माध्यमबाट नेपाली चलचित्र क्षेत्रको वास्तविकतालाई प्रस्तुतगर्दै आईरहेका फोटो पत्रकार श्रीधर पौडेललाई सूर्य फोटो पत्रकारिता पुरस्कार–२०१८ बाट पुरस्कृत गर्न लागिएको हो ।

सम्मान र पुरस्कार वितरण कार्यक्रम जापानको टोकियोमा अवस्थित नाकानो जेरो हलमा आगामी आईतावार अवार्ड समारोहमा प्रदान गरिने बताइएको छ ।

समारोहमा फिल्मको ६ र गायनका ६ गरी १२ विधामा अवार्ड वितरण गरिनेछ । पर्यटन प्रवद्र्धन, कला संस्कृतिको संरक्षण र जापानमा निरन्तर नेपाली फिल्म प्रदर्शनलाई प्रभावकारी बनाउन सूर्य ईन्टरनेशनल अवार्ड आयोजनागर्न लागिएको लामिछानेले बताए ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]