Dabali News

वार्ता विरोधी होइनौं, माफी मागे सोच्न सकिन्छः सुदर्शन

२८ भदौ

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले आफूहरु वार्ता विरोधी नभएको बताएका छन् । उनले वार्ता विरोधी नभए तर सरकारी रवैयाका कारण वार्ताको औचित्य नभएको बताए ।

“सैद्धान्तिक रुपमा वार्ताको विरोधी होइनौँ । तर दलाल र फासीवादी सरकार बाहिर वार्ता भन्ने र भित्र दमन गर्ने नियोजित योजनामा छ । त्यसकारण वार्ताका लागि वातावरण नै बनेको छैन” सुदर्शनले अन्तरवार्ताको क्रममा भनेका छन् । सरकारले जारी धरपकड रोकेर सार्वजनिक रुपमा माफि माग्दै गिरफ्तार नेताहरुको रिहाई र झुटा मुद्दा खारेज गरे वार्ताबारे सोच्न सकिने उनले बताए ।

“सरकारी वार्ता टोली नै प्रष्ट छैन । वार्ताकोसँग, किन गर्ने र कस्ता मान्छे रहने भन्ने कुरा प्रष्ट छैन । दोस्रो कुरा त हाम्रो पार्टी प्रवक्तादेखि पाँच पोलिटब्यूरो सदस्यसँगै देशभरका नेता कार्यकर्ता पक्राउ परेका छन् । एकातफ पक्राउ गर्ने र अर्कातर्फ वार्ताको आह्वान नसुहाउने कुरा हो” एक अन्तरवार्तामा सुदर्शनले भने । उनले स्थायी समिति सदस्य तथा प्रवक्तालाई हतकडी लगाएर देशभरका जिल्लामा घुमाइरहेको बेला वार्ता कसरी वार्ता हुन्छ ? भन्दै प्रश्न गरे ।

अन्तरवार्ताको क्रममा सुदर्शनले भने, “सरकारले साच्चै वार्ता गर्ने भए झुटा मुद्दा खारेज हुनुपर्छ । बन्दी रहेका साथी रिहा हुनुपर्छ । धडपकड र गिरफ्तारीप्रति सार्वजनिक रुपमै माफी माग्नुपर्छ । समग्र वातावरण बनाउँदै औपचारिक रुपमा स्पष्ट गरेर वार्ताटोली आयो भने सोच्न सक्छौँ । तर अहिले त्यो अवस्था छैन । अहिलेको अवस्थामा वार्ता हुनै सक्दैन ।”

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]