Dabali News

Ad

डीभी भर्नेहरु सबै रद्दी मान्छे हुन्ः ट्रम्प

३ पुस

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रद्दी मान्छेहरुमात्रै डीभी भरेर अमेरिका आउने गरेको बताएका छन् । उनले डीभी परेर अमेरिका आउने मानिसहरु खराबभन्दा खराब भएको भन्दै रद्दीको टोकरीबाट निकालिएका मान्छेहरुले मात्रै डीभी भर्ने बताए ।

राष्ट्रपति ट्रम्पले एक कार्यक्रमलाई सम्बोधन गर्दै कुनै पनि देशका उत्तम मान्छेहरुले डीभी नभर्ने बताउँदै भने, “देशका उत्तम मानिसहरु डीभी भर्दैनन्, रद्दीको टोकरीमा मिल्काएकाहरु डीभी परेर अमेरिका आएका छन् ।”

वासिङ्टन पोष्टका अनुसार ट्रम्पले चिठ्ठा पारेर अमेरिका आउने सिस्टमको निकै विरोध गरेका छन् । चिठ्ठाले खराब भन्दा खराब मान्छे छानेको समेत बताए ।

नेपाललगायत विश्वका विभिन्न देशहरुबाट डीभीमार्फत वर्षेनी ५० हजार मानिसहरु अमेरिका पुग्ने गर्छन् । सबैभन्दा धेरै नेपालीहरु डीभीमार्फत अमेरिका पुग्ने गरेको तथ्यांकहरुले देखाएका छन् । अहिलेसम्म ५५ हजार नेपाली डीभीमार्फत अमेरिका पुगिसकेका छन् ।

नेपालका राजनीतिक दलका नेता-कार्यकर्तादेखि उच्च पदमा रहेका कर्मचारी पनि डीभी भरेर अमेरिका पुग्‍ने गरेका छन् ।

Ad
loading...

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]