Dabali News

शे-फोक्सुन्डोमा हिउँचितुवाको गणना सकियो, पुस मसान्तभित्रमा प्रतिवेदन सार्वजनिक गर्ने

२७ भदौ

डोल्पा । शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा लोपोन्मुख वन्यजन्तु हिउँचितुवाको गणना सम्पन्न भएको छ ।

विश्व वन्यजन्तु कोषको आर्थिक सहयोगमा निुकञ्जमा हिउँचितुवाको गणना गरिएको हो ।

विश्व वन्यजन्तु कोष, शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्ज र हिउँचितुवा संरक्षण समितिका ३३ जनाको अध्ययन टोलीले गत वैशाख १३ गतेदेखि गणना शुरु गरेका थिए । निकुन्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीका अनुसार सो अध्ययन टोलीले ३ महिना लगाएर हिउँचितुवाको गणना गरेको हो ।

क्यामेरा ट्यापिङ तथा दोहोरो गणना विधिद्वारा हिउँचितुवासँगै आहारा प्रजातिको रूपमा रहेको निल भेडा (नावर)को समेत गणना गरिएको छ । शेरेन श्रेष्ठ, समुन्द्र लिम्बू र छिरिङ लामा रहेको प्राविधिक अध्ययन टोलीले हिउँचितुवा र नावर पाइने विभिन्न स्थानमा क्यामेरा राखेर अध्ययन गरेको उप्रेतीले जानकारी दिए ।

टोलीले अध्ययन प्रतिवेदन तयार पारी काठमाडौँमा सार्वजनिक गर्ने बताएको छ । निकुञ्जको प्रतिवेदनअनुसार शे-फोक्सुण्डो निकुञ्ज क्षेत्रमा हाल १३० को संख्यामा हिउँचितुवा रहेका छन् ।

अध्ययन टोलीका सदस्य छिरिङ लामाका अनुसार टोलीले पुस मसान्तभित्रमा काठमाडौँमा प्रतिवेदन सार्वजनिक गर्ने छ । शे-फोक्सुण्डोमा हिउँचितुवा, कस्तुरी, मृगलगायत वन्यजन्तु, ३२ प्रजातिका स्तनधारी, २०० भन्दा बढी प्रजातिका चरा, २८ प्रजातिका पुतली, ६ प्रजातिका घस्रने जीव तथा ४१७ प्रजातिका वनस्पति पाइने निकुञ्जले जनाएको छ ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]