Dabali News

चितुवा प्रभावित क्षेत्रमा अबको १५ दिनभित्र प्रहरी चौकी स्थापना हुने

२७ भदौ

बैतडी । चितुवा प्रभावित क्षेत्र तल्लोस्वराडमा प्रहरी चौकी स्थापना गरिने भएको छ ।

शिवनाथ गाउँपालिकाको केन्द्र सुल्लेखानमा प्रहरी चौकी स्थापना गर्न लागिएको प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिएका छन् ।

स्थानीयवासीको आग्रहपछि त्यहाँ प्रहरी चौकी थप हुँदैछ । सुल्लेखानमा चौकी स्थापना गर्ने विषय जिल्ला सुरक्षा समितिमा पारित भइसकेको छ । “प्रहरी चौकी स्थापना गर्न सिफारिश गरेर प्रदेश नं.७ को प्रदेश प्रहरी कार्यालयमा पठाएका छौँ, अबको १५ दिनभित्रै प्रहरी चौकी स्थापना भइसक्छ,” गिरीले भने ।

हाल शिवनाथ गाउँपालिकाको शर्माली बजारमा प्रहरी चौकी रहेको छ । सो चौकीबाट सुल्लेखान पुग्न पैदल चार घण्टा लाग्छ ।

गाउँपालिका केन्द्रमा प्रहरी चौकी नहुँदा असुरक्षित महसुस भइरहेको शिवनाथ गाउँपालिकाका उपाध्यक्ष कुष्मा चन्दले बताईन् । तल्लोस्वराड चितुवा प्रभावित क्षेत्र हो ।

सो ठाउँमा सुरक्षाको कारण देखाउँदै बैंक शाखासमेत स्थापना हुन सकेको छैन । चितुवाको आक्रमणबाट ६ वर्षयता २३ बालबालिकाले ज्यान गुमाएका छन् । जिल्लाभरमा ३१ प्रहरी चौकी रहेको छ ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]