Dabali News

अमेरिकाले प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसनको कार्यालय बन्द गर्ने

२७ भदौ

काठमाडौं । संयुक्तराज्य अमेरिकाले वासिङ्टनमा रहेको प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसनको कार्यालय बन्द गर्ने तयारी गरेको छ ।

अमेरिकी अधिकारीहरुका अनुसार राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले यस सम्बन्धी घोषणा गर्ने बताइएको छ । ‘प्यालेस्टिनीहरुले इजरायलसँग प्रत्यक्ष र अर्थपूर्ण सम्झौता गर्न अस्वीकार गरिरहेको अवस्थामा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले त्यस्तो कार्यालय अमेरिकामा खोल्दैन,’ बोल्टनको भनाइ उदृृत गर्दै ती अधिकारीले बताए ।

ट्रम्प प्रशासनले इजरायलसँग गम्भीर शान्ति वार्ता हुन नसकेको अवस्थामा वासिङ्टनमा कार्यालय बन्द गर्ने भन्दै गत वर्ष नै सूचित गरेको थियो । प्यालेस्टिनी अधिकारी साएब एरेकातले ट्रम्प प्रशासनको कार्यालय बन्द गर्ने नीति हो भने त्यसले प्यालेस्टिनी जनतामाथि आमरुपमा सजाय दिन वासिङ्टन उद्यत रहेको पुष्टी गर्नेछ भनिएको छ । स्वास्थ्य र शिक्षासमेतका मानवीय सेवाका लागि उपलब्ध हुने आर्थिक सहायतामासमेत अमेरिकाले कटौती गरेकामा उनले रोष प्रकट गरे ।

प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन अर्थात पिएलओले औपचारिक रुपमै सबै प्यालिस्टिनीको प्रतिनिधित्व गर्दछ । संयुक्तराज्य अमेरिकाले प्यालेस्टाइन राज्यलाई मान्यता नदिए पनि पिएलओलाई वासिङ्टनमा अमेरिकी सरकारसँग औपचारिक वार्ता र छलफलका लागि प्रतिनिधित्व गर्न पाउने अख्तियारी दिइएको छ ।

संयुक्तराज्य अमेरिकाका लागि पिएलओ प्रमण्डलका प्रमुखले ट्रम्प प्रशासनले ‘प्यालेस्टाइनमा दशकौंदेखिको अमेरिकी दृष्टिकोण र सहकार्यलाई ध्वस्त बनाउन लागेको आरोप लगाए । ‘मानवीय र विकास सहायतालाई राजनीतिक सौदाबाजीका रुपमा शस्त्रीकरण गर्नु उपयुक्त हुन सक्दैन,’ राजदूत हुसम जोमलोटको भनाई छ ।

ट्रम्पले प्यालेस्टिनी विरुद्ध एकपछि अर्को दबाबमूलक कार्य गरिरहेका छन् । हालै मात्र ट्रम्प प्रशासनले प्यालेस्टिनी शरणार्थीको मद्दतका लागि संयुक्तराष्ट्र संघीय निकायलाई दिँदै आएको अमेरिकी सहायता बन्द गरेको थियो । साथै पश्चिमी किनारा र गाजामा सञ्चालित परियोजनाको सहायता रकम कटौती गर्नुका साथै प्यालेस्टिनीका लागि सेवा उपलब्ध गराउने जेरुसेलमस्थित एक अस्पतालका लागि दिइआएको सहयोग पनि बन्द गरिएको छ ।

ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीका रुपमा मान्यता दिनुका साथै तेल अभिबाट अमेरिकी राजदूतावास जेरुसेलम स्थानान्तरण गरेका थिए । उक्त कदमलगत्तै भएको प्रदर्शनका क्रममा दर्जनौं प्यालेस्टिनी मारिएका थिए । प्यालेस्टिनीले पछिल्ला दिन अमेरिका शान्तिविरोध रहेको आरोप लगाईएका छन् ।

इजरायली र प्यालेस्टिनी सरकार सक्रिय, प्रत्यक्ष सम्झौताको स्थितिमा नरहेका भए पनि ट्रम्प प्रशासनले इजरायल-प्यालेस्टिनी द्वन्द्व समाप्त गर्ने गरी मध्यस्थताको प्रयास जारी राखेको छ । ट्रम्पका ज्वाइँ एवं राष्ट्रपतिका वरिष्ठ सल्लाहकार जारेड कुस्नरको नेतृत्वमा ह्वाइट हाउसका अधिकारीले शान्ति प्रस्ताव तयार गरिरहेको बताइन्छ ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]