Dabali News

इतिहास रच्ने अवसरका साथ नेपाल माल्दिभ्ससँग सेमिफाइनलमा भिड्दै

२७ भदौ

काठमाडौं । नेपालका प्रशिक्षक बालगोपाल महर्जनले बुधबार माल्दिभ्सलाई पराजित गर्दै साफ च्याम्पियनसिपको फाइनलमा स्थान बनाउने विश्वास व्यक्त गरेका छन् ।

समूह ‘ए’ बाट आयोजक बंगलादेश र भुटानलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको नेपालले बुधबार समूह ‘बी’ को उपविजेता माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दै छ ।

माल्दिभ्ससँग नेपालले विगतमा सखद नतिजा निकाल्न नसके पनि सेमिफाइनलमा फरक नतिजा आउनेमा नेपाली टोली ढुक्क छ । ‘हामीसँग माल्दिभ्सलाई जित्ने आधार छ । टोलीले प्रत्येक खेलमा सुधार गरिरहेको छ । खेलाडीले आफ्नो शतप्रतिशत दिएर खेलेका छन्,’ पहिलो खेलमा पाकिस्तानसँग पराजित भए पनि बाँकी दुई खेलमा विजयी नतिजा निकाल्दै सेमिफाइनलमा स्थान बनाएको नेपालका मुख्य प्रशिक्षक महर्जनले थपे, ‘वैकल्पिक खेलाडीले पनि राम्रो प्रदर्शन गरिरहेका छन् ।

यसअघिको प्रदर्शन दोहोर्याउन सक्यौं भने हामी माल्दिभ्सलाई हराउन सक्षम छौं ।’ ‘माल्दिभ्स विगतमा भन्दा केही कमजोर देखिए पनि खेल्ने शैली उस्तै छ । त्यसैले उनीहरुविरुद्ध सचेत हुनु आवश्यक छ । खेलको अवस्था हेरेर रणनीति बनाउँछौं ।’

समूह ‘बी’ भारतसँग २-० ले पराजित भएको माल्दिभ्सले श्रीलंकासँग गोलरहित बराबरी खेलेको थियो । श्रीलंकासँग समान १ अंक भए पनि गोलाप्रथामा माल्दिभ्स भाग्यमानी बनेको थियो । माल्दिभ्सका प्रशिक्षक पिटर सेगर्टले प्रतियोगितामा नेपाल सबैभन्दा बलियो प्रतिद्वन्द्वी भएको भन्दै सचेत भएर खेल्ने बताए ।

‘नेपाल बलियो प्रतिद्वन्द्वी हो । पछिल्लो समय राम्रो फुटबल खेलिरहेको छ । तर, हामी नेपाललाई रोक्दै फाइनलमा पुग्नेछौं ।’

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]