Dabali News

असोजको ४ दिन भृकुटीमण्डपमा फर्निचर एक्स्पो हुने

२७ भदौ

काठमाडौं । नेपाल फर्निचर तथा फर्निसिङ संघले असोज पहिलो साता राजधानीमा फर्निचर तथा फर्निसिङ एक्स्पोको आयोजना गरेको छ ।

संघले स्वदेशी तथा विदेशी ब्राण्डका एक सय भन्दाबढी कम्पनीको सहभागीमा एक्स्पो गर्न लागेको हो ।
असोज ४ देखि ८ गतेसम्म भृकुटीमण्डपमा सञ्चालन सुरु हुने एक्स्पोमा ४० बढी स्टल रहने आयोजकले जनाएका छन् ।

एक्स्पोमा चाडपर्वलाई लक्षित गरेर विभिन्न स्किम ल्याएको छ । मेला अवलोकनकर्तालाई लक्की ड्र मार्फत आर्कषक उपहार वितरण गरिने आयोजकको योजना छ । प्रदर्शनी स्थलमै वास्तुशास्त्र र इण्टेरियर डिजाइन सम्बन्धी परामर्श प्रदान गरिने नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी संघ काठमाडौंका अध्यक्ष राजेश कुमार अग्रवालले बताए ।

फर्नेक्स २०१८ को टाइटल स्पोन्सर जेम फ्लोरिङ रहेको छ । एक्स्पोमा किचन, बेडरूम, बाथरूम ,आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत सामग्री प्रदर्शनी गर्ने तयारी छ ।

कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजार पनि राखिने बताइएको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]