Dabali News

आज तीज, विभिन्न कार्यक्रम गरी मनाइँदै, उपभोक्तावाद हावी भएको क्रान्तिकारी महिलाहरुको ठहर

२७ भदौ

काठमाडौं । आज हरितालिका अर्थात तीज पर्व । हिन्दू धर्ममा विश्वास गर्ने महिलाहरुले शिवको पूजा गरेर मनाउँछन् । महिलाहरु शिवपार्ततीको विशेष पूजा र उपासना गरेर तीज मनाउँदैछन् ।

भाद्र शुक्ल तृतीयामा व्रत बसेर पूजा र उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ । विशेष गरी महिलाहरुले मनाउँने तीजमा पुरुषले विधुर हुनु नपर्ने तथा नारीले अटल सौभाग्य र अविवाहित केटाकेटीले गुण सम्पन्न वर वा वधु पाउने विश्वास छ ।

सत्ययुगमा पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्रीमहादेव पति पाएको जनविश्वास छ । पार्वतीको इच्छा विपरित पिता हिमालयले विष्णुसँग विवाह गरिदिन खोजेपछि साथीहरुको सहयोगमा महादेवको लागि निराहार व्रत बसेको बताइन्छ ।

आफ्नो विवाह शिवसँग गराइदिन लागेको कुरा पार्वतीलेसाथीहरुलाई सुनाएको र साथीहरुले उनलाई हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । त्यही ठाउँमा पार्वती व्रत बसेर महादेवलाई प्राप्त गरेको विश्वास गरिन्छ ।

पशुपतिनाथलगायत देशभरका शिवालयहरुमा महिलाहरुको विहानैदेखि भिड लागेको छ । ठाउँठाउँमा विभिन्‍न कार्यक्रम गरी महिलाहरुले रमाइलो पनि गरिरहेका छन् ।

अधिकार र परिवर्तनकारी महिलाहरुले भने तीजलाई फरक ढंगबाट मनाउँदै आएका छन् । उनीहरुले मुक्ति र अधिकारका आवाजलाई तीजमा बुलन्द गर्दै आएका छन् । उनीहरुले तीजको नाममा विकृति बढ्दै गएको भन्दै विरोध गर्दै आएका छन् । उपभोक्तावादी चिन्तन र प्रवृतिका कारण तीज अनावश्‍क रुपमा भड्‍किलो बनाएको क्रान्तिकारी महिलाहरुको ठहर छ ।

विशेष गरेर जनयुद्धको क्रममा महिलाहरुले तीजलाई मुक्‍ति र परिवर्तनसँग जोडेर मनाउने संस्कारको विकास गरेका थिए ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]