Dabali News

अखिल क्रान्तिकारीको जागरण अभियान सुरु, सेन्ट्रल इन्जिनियरिङ कलेजमा कमिटी गठन

२७ भदौ

काठमाडौँ । अखिल क्रान्तिकारीले ‘विद्यार्थी जागरण’ अभियान सुरु गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीको सिटिईभिटी उपत्यका जिल्ला समितिले अभियानको सुरु गरेको हो ।

अभियानको क्रममा शैक्षिक संस्थामा सरसफई, वृक्षरोपण, छात्रा बलात्कारको विरोधमा विरोध सभालगायतका कार्यक्रम गर्ने अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा सिटिईभिटी काठमाडौँ जिल्ला समन्वय समिति संयोजक प्रज्ववल शाहीले बताए ।
अभियानकै ललितपुरस्थित सेन्ट्रल इन्जिनियरिङ कलेजमा इकाई गठन भएको छ ।

मंगलबार मेगराज दिवालीको अध्यक्षतामा अध्यक्ष मुल इकाई गठन भएको छ । जसको उपाध्यक्षमा दिनेश प्रधान, सचिव दिपेन्द्र भट्ट, सहसचिव दिपक कुमार भण्डारी र कोषाध्यक्षमा सागर धामी रहेका छन् । त्यसैगरी सदस्यहरुमा दशरत शाही, विजय यादव, सुजन मगराति मनिश कुमार शाहालगायत रहेका छन् ।

इकाई सम्मेलन अघि कलेजमा वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको थियो । विभिन्न बक्ताहरुले आफ्ना कला देखाएका थिए । कलेजमा वृक्षरोपण समेत गरिएको थियो ।

प्रतियोगिताको उद्घाटन संगठनका सिटीईभिटी समन्वय समिति संयोजक हर्कबहादुर बिक, उपत्यका संयोजक प्रज्ज्वल शाहीलगायतका नेताहरुले गरेका थिए ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]