Dabali News

वाईसिएलका अध्यक्ष गिरफ्तार, यस्तो छ कारण

२६ भदौ ।

काठमाडौं । पूर्वमाओवादी केन्द्रको युवा संगठन वाईसिएलका अध्यक्षलाई प्रहरीले गिरफ्तार गरेको छ । वाईसिएलका केन्द्रीय सदस्य तथा सिन्धुली अध्यक्ष पुष्पराज श्रेष्ठलाई महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुले मंगलबार गिरफ्तार गरेको छ ।

सिन्धुलीको कमलामाई–५ घर भएका श्रेष्ठलाई प्रहरीले सर्वसाधारणलाई डरधम्की र गालीगलौज गरेको आरोपमा प्रहरीले मंगलबार काठमाडौँबाट गिरफ्तार गरेको हो । उनी हाल काठमाडौको गौशालामा बस्दै आएका थिए ।

प्रहरीका अनुसार ठेकेदार काम गर्दै आएका रामबहादुर कटुवाललाई हतियार देखाएर डरधम्की र गालीगलौज गरेको उजुरीको आधारमा अध्यक्ष श्रेष्ठलाई गिरफ्तार गरिएको हो ।

श्रेष्ठविरुद्ध सिन्धुलीसहित विभिन्न जिल्लामा ज्यान मार्ने उद्योगमा ४ वटा, सार्वजनिक अपराध अन्तरगत दुई र अपहरण सम्बन्धी एउटा मुद्दा दर्ता भएका छन् ।

  • फाइल तस्विर
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]