Dabali News

व्यापारी पौडेलको अपहरणपछि हत्या, गौरीगञ्जमा शव फेला

२६ भदौ

झापा । कमल गाउँपालिका-६ मङ्गलबारेका ३३ वर्षिय कपडा व्यापारी खेमराज पौडेलको गौरीगञ्जमा शव फेला परेका छन् ।

गौरीगञ्ज वडा नंं.६ बाहसुद्दीस्थित विनोद यादवको धानखेत नजिक नालामा आज बिहान शव फेला परेको प्रहरीके भनार्ई छ ।

घटनास्थलमा मे ७ प १९०४ नं.को मोटरसाइकल, मोबाइल, ब्यागसमेत फेला परेको छ । सोमबार बेलुका पौडेल र उनकी श्रीमतीसँगै गौरीगञ्ज बजार गएका थिए ।

साँझ करीब ६ बजेतिर श्रीमतीलाई एक नास्ता पसलमा एक छिन बस्नु भनी हिडेका उनी राति ९ बजे मात्र अपहरणमा परेको खबर आएको प्रहरी निरीक्षक पौडेलले बताए ।

प्रहरीले राति अबेरसम्म उनको खोजी गरेपनि फेला पार्न सकेको थिएन । मृतक पौडेलको घाँटी र टाउकोमा छुरा प्रहार भएको छ । उक्त घटनामा प्रहरीले एक युवकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]