Dabali News

अस्पतालका पुराना उपकरणहरु तत्काल सुधार गर्न सरकारको ध्यानाकर्षण

२६ भदौ

काठमाडौं । शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा जनस्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफाबार छलफल भएको छ ।

बैठकमा सहभागी सांसदहरुले सरकारी तथा नीजि अस्पतालको सुधारमा विशेष ध्यान दिनुपर्ने बताएका छन् । उनीहरुले अस्पतालका उपकरणहरु पुराना भएकाले तत्काल सुधार गर्न सरकारको ध्यानाकर्षण गराए ।

बैठकमा सहभागी उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले अधिकांश अस्पताललाई पुराना उपकरण विस्थापित गर्न निर्देशन दिइसकेको जानकारी दिए । समितिका सदस्यहरुले दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको अवस्था निकै कमजोर भएकाले त्यसमा सुधार गर्न सुझाव दिए ।

समितिले विधेयकमाथि सरोकारवालाहरुसँग पनि छलफल गर्ने जनाएको छ ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]