Dabali News

आज दर खाँदै

२६ भदौ

काठमाडौं । हिन्दू नेपाली महिलाले मनाउने चाड तीजको अघिल्लो दिन आज मीठा मीठा परिकारका साथ दर खाईंदैछ ।

तीजको मुख्य दिनको अघिल्लो दिन दर खाने गरिन्छ । दर खाने दिनदेखि हरितालिका तीज सुरु हुन्छ ।

टाढाका चेलीबेटी यस दिन माइतीघर वा आफन्त कहाँ खीर, गुँद, हलुवा, ढकनी, घिउ, दही, दूध, मिठाइ, फलफूल लगायतका मीठा परिकारलाई दरको रुपमा खाने गर्दछन् ।

दर खाएको भोलिपल्ट निराहार ब्रत बस्ने भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक तत्वयुक्त खानेकुरा खाने चलन छ । हरितालिका तीजका बेला पानीसमेत नखाई ब्रत बस्ने र धेरै नाचगान गरिने हुनाले शक्ति आवश्यक हुन्छ ।

दरखाने समय र स्थान भने ठाउँ अनुसार फरक फरक हुन्छ । कतै साँझमा अरु चीज नखाई दर खाने प्रचलन छ भने कतिपय स्थानमा पहिला खाना खाएर मध्य रातमा दर खाने गरिन्छ ।

पहिलेका दिनमा हरितालिका दिनको एक दिन मात्र दरखाने परम्परा रहेपनि आजभोलि राजधानीलगायतका क्षेत्रमा एक महिनादेखि नै दर खाने गर्दछन् ।

परापूर्वकालमा हिमालयकी पुत्री पार्वतीले शिवलाई स्वामी पाउँ भनि निराहार ब्रत बसेको र उनको कामना पूरा भएको विश्वासमा राम्रो पति पाउन र विवाहितहरुले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै ब्रत बस्ने गर्छन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]