Dabali News

Ad

निर्माण शुरु भएकोे आठ वर्ष बित्दा पनि काम पूरा हुन सकेन

२ पुस

जाजरकोट । मध्यपहाडी लोकमार्गअन्तर्गत जाजरकोटखण्डको निर्माण शुरु भएकोे आठ वर्ष बिते पनि अझैसम्म काम पूरा हुन सकेको छैन ।

जाजरकोटखण्डको ८२ किमीमध्ये ५ किमी सडक मार्ग खोल्न बाँकी छ । थलहबजारस्थित छेडागार खोलामा पुल निर्माण नहुँदा लोकमार्ग अधुरो बनेको हो ।

रुकुमको चौरजहारी, दैलेखको सुयाँडासम्मको जाजरकोट खण्डमा छेडागार लगायत खोला तथा खोल्सामा पुल निर्माण नगरिएको स्थानीयवासीको गुनासो छ ।

थलबजारमा पुल निर्माण र मन्ताभिर, कालढुंगा, चुवादेउली भिर, भुसखोला लगायतका स्थानमा बाटो खुला नहुँदा सडक निर्माण कार्य अलपत्र परेको छ ।

छिटोभन्दा छिटो बाटो निर्माण गरेर यातायात सञ्चालन गर्न माग गरेका छन् । एकैसाथ शुरु भएको लोकमार्गको दैलेख र रुकुमखण्डमा दुई वर्षअघि नै यातायात सञ्चालन भएको दशेराका रामबहादुर थापाले बताए ।

जाजरकोट खण्ड निर्माणको जिम्मा लिएका कतिपय व्यवसायीले कार्य पूरा नगर्दै भुक्तानी लिँदा सडक निर्माण अलपत्र परेको स्थानीयवासीको गुनासो छ ।

पछिल्लो समय मन्ताभिर खोल्न तयार नभएका व्यवसायीेले विगतमा कामै नगरी ठेक्का होल्ड गरी बसेकाले जाजरकोटखण्ड निर्माणमा ढिलाइ भएको इन्जिनियर न्यौपानेले बताए ।

Ad
loading...

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]