Dabali News

पूर्वमाओवादी नेतृ पम्फा भुसालको समाचार लेखेकै कारण पत्रकार बस्नेतलाई हतकडी

२५ भदौ

काठमाडौं । समाचार लेखेकै कारण पत्रकार राजु बस्नेतलाई प्रहरीले हतकडी लगाएर गिरफ्तार गरेको छ । उपत्यकाबाट प्रकाशित खोजतलास साप्ताहिक र खोजतलास न्यूज डटकमका अध्यक्ष एवं प्रधान सम्पादक बस्नेतलाई ललितपुरको चापागाउँ प्रहरीले गिरफ्तार गरेको हो ।

ललितपुरस्थित हरिसिद्धि इट्टा उद्योगको जग्गामा स्थानीय र व्यापारीबीच परेको विवादसम्बन्धी समाचार प्रकाशितलाई आधार बनाएर परेको उजुरीको आधार गिरफ्तार गरिएको प्रहरीले जनाइएको छ । सुशिल खनालको जाहरीमा सोमबार विहान बस्नेतलाई ललितपुरको ठेँचोस्थित घरैबाट गिरफ्तार गरिएको थियो ।

पत्रकार बस्नेतलाई जावलाखेल प्रहरीमा राखिएको छ । खोजतलास न्यूज डटकमले दृष्टि न्यूज डटकममा प्रकाशित समाचारलाई साभार गरी प्रकाशित गरिएको थियो । पूर्व माओवादी केन्द्रकी नेतृ पम्फा भुसालसँग जोडेर उक्त समाचार प्रकाशित भएको थियो ।

काठमाडौं जिल्ला अदालतको आदेशमा जारी आदेश बमोजिम पत्रकार बस्नेतलाई गिरफ्तार गरिएको प्रहरीले बताएको छ ।

नयाँ मुलुकी ऐनले प्रेस स्वतन्त्रताको घाँटी निमोठ्ने गरी भदौ १ गतेबाट लागु भएको थियो । त्यसको पहिलो शिकार बस्नेत बनेका छन् । पत्रकार तथा संचारसँग सम्बन्धित संघ संस्थाहरुले बस्नेतको हतको हतकडी नयाँ मुलुकी ऐनको फल भएको भन्दै विरोध जनाएका छन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]