Dabali News

दोस्रो विवाहले गर्दा पहिलोलाई थाहै नदिइ सम्बन्ध विच्छेद

२५ भदौ

काठमाडौं । श्रीमतीलाई थाहा नै नदिइ सम्बन्ध विच्छेद गरेको घटना सार्वजनिक भएको छ । आफूलाई थाहै नदिइ श्रीमानले सम्बन्ध विच्छेद गरेको भन्दै स्याङ्जा जिल्ला अदालतमा ५० वर्षिय मीना कुमारी क्षेत्रीले उजुरी दिएकी छिन् ।

उनले रुँदै भनिन्, “मलाई थाहा नै नदिइ कसरी सम्बन्ध विच्छेद भयो, मलाई न्याय चाहियो ।” भिरकोट नगरपालिका–३ निवासी श्रीमान मोहन कुमार क्षेत्रीले जालसाजी गरेर सम्बन्ध विच्छेद गराएको भन्दै मीना कुमारीले उक्त अदालतमा ३ वटा मुद्दा दर्ता गराएकी छिन् ।

उनले हक कायम गराउन, जालसाजी र गाली बेइज्जतीको मुद्दा दर्ता गराएकी स्रेस्तेदार नन्दप्रसाद आचार्यले बताए । आफूलाई थाहा नै नदिइ सम्बन्ध विच्छेद गरेकाले मुद्दा दायर गर्नुपरेको गुनासो गरिन् ।

‘मलाई थाहा नै छैन कसरी भयो सम्बन्ध विच्छेद । ̓ श्रीमानले कुटपिट गर्ने, खान लाउन नदिइ राम्रो व्यवहार नगरेपछि माइतीको सहयोगमा पोखरा बसेर दुःख गरी दुई छोरीलाई पढाउँदै आएको र छोरी कृष्टीले गत असार ११ गते जिल्ला अदालतमा अंश माग गर्दै मुद्दा दर्ता गर्दा मात्र आफ्नो सम्बन्ध विच्छेद भइसकेको भन्ने कुरा थाहा पाएपछि अहिले आफू श्रीमानका बिरुद्ध उत्रिन बध्य भएको बताएकी छिन् ।

विसं २०४४ मा आपूmहरूको मागी विवाह भएकामा भारतीय सेनामा कार्यरत श्रीमानले वि.सं. ०४६ मा अर्की विवाह गरेका र त्यो विवाहलाई ढाकछोप गर्न आफूलाईसँगै भारत लगेको र करीब २ वर्ष भारतमा बसी एक छोरी जन्मिएपछि घर पर्किएको उनले बताउँछिन् । घरमा आएपछि आफूलाई खान लाउन नदिने कुटपिट गर्ने गरेपछि माइतीको सहयोगमा पोखरा बस्दै आएकोमा बिरुवा अर्चले-६ का राजेन्द्र अधिकारीसँग विसं २०५५ फागुन १३ गते अर्को विवाह गरेर गएको भनी झुठो विवरण बनाई अदालतले स्वतः सम्बन्ध विच्छेदको फैसला गरेकोे भन्दै मीनाकुमारीले यसबाट आफू अन्यायमा परेको र सम्बन्ध विच्छेदको कुरा छोरीले अंश मुद्दा दिएपछि मात्रै आफूले थाहा पाएको बताईन् ।

बिरुवा अर्चलेका राजेन्द्र अधिकारीलाई अहिलेसम्म देख्दा पनि नदेखेको र नचिनेको मान्छेसँग बिहे गरेर गएको भनी आफूलाई झुठो आरोप लगाएर अपमान गरेको पनि उनको अरोप छ ।

उक्त अदालतका से्रस्तेदार आचार्यले भने, “बिरुवा अर्चले-६ का राजेन्द्र अधिकारीसँग विसं २०५५ फागुन १३ गते अर्को बिहे गरेर गएको भन्ने विवरण फिराद पत्रमा देखिएको, अदालतबाट म्याद जारी गरी सूचना लिएर जाँदा राजेन्द्र अधिकारी र मीनाकुमारी क्षेत्री घर जग्गा बिक्री गरी अन्यत्र गएकाले पिपलको रुखमा सूचना टाँस गरिएको र अदालतबाट दोस्रो पटक आदर्श समाज दैनिकमा विसं २०७३ पुुस १५ गते प्रकाशित पत्रिकामा म्याद जारी गरेको र विसं २०७४ वैशाख ६ गते सम्बन्ध विच्छेद हुने गरी फैसला भएको थियो ।”

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]