Dabali News

हुम्लाका विद्यालयमा पुस्तकालय स्थापना गर्न काठमाडौंमा फुटसल प्रतियोगिता

२५ भदौ

हुम्ला । युवाहरुको सक्रियतामा हुम्लाको सर्केगाड गाउँपालिका वडा नं.८ मा रहेको निलकण्ठ आधारभूत विद्यालय, फुचाको पुस्तकालय सहयोगको लागि काठमाडौंमा फुटसल प्रतियोगिताको आयोजना हुने भएको छ ।

कर्णाली र देशभरमा युवाको सहभागिता रहने फुटसलबाट प्राप्त हुने सबै रकम विद्यालयको पुस्तकालय स्थापना गर्नको लागि खर्चिने आयोजकले जानकारी गराएको छ । भदौ २७ गते सम्म टिम दर्ता गर्न समय दिईएको र हालसम्म १७ भन्दा बढी समूह दर्ता भएको फुचा काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष हरि बुढाथोकीले बताए ।

खेलमा कर्णाली लगायत देशभरका युवा क्लवको सहभागिता रहने आयोजकले जनाएको छ । खेल भाद्र ३० गते जोरपाटी नयाँबस्तीमा रहेको ब्राईडजोन ईन्टरनेसनल स्कुलको खेलमैदानमा हुने भएको छ ।

सहभागि हुने समूहमध्ये प्रथम हुनेलाई नगद २० हजारसहित प्रमाणपत्र र मेडल, दोस्रो हुनेलाई १० हजार नगद सहित प्रमाणपत्र र तेस्रो हुने समूहलाई नगद ५ हजार सहित प्रमाणपत्र दिइने छ ।

खेलमा दर्ता शुल्क ५ सय, फारम शुल्क १ सय र कार्डको लागि धरौटी रकम ५ सय व्यवस्था गरिएको छ । हुम्लाका विद्यालयमा पुस्तकको अभावमा असल शिक्षा लिन नपाउने अवस्था नहोस् भन्नको लागि काठमाडौंमा रहेका युवाहरुले यो प्रतियोगिता गर्न लागेका हुन् ।

हाल हुम्लाका अधिकांश विद्यालयमा पुस्तकालय नहुँदा नेपाल सरकारले निः शुल्क उपलव्ध गराउने पाठ्यपुस्तकबाहेक अन्य पाठ्यसामग्री अभावमा विद्यार्थीले शिक्षा लिईरहेका छन् ।

पसस्तकालय कस्तो हुन्छ भन्ने अवधारणा विना विद्यालय शिक्षा लिन बाध्य रहेका विद्यार्थीका लागि यो काम अति नै फलदायक हुने छ । हाल निलकण्ठ आधारभूत विद्यालयमा १ सय ४५ जना विद्यार्थी रहेका छन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]