Dabali News

ढाकामा तराइ्र्र–पहाड–पर्वत तस्बिर प्रदर्शनी जारी

१ पुस

काठमाडौँ । ढाकास्थित नेपाली राजदूतावास र बांगला माउन्टेनरिङ एण्ड ट्रेकिङ क्लबको संयुक्त आयोजनामा शुक्रबार ढाकामा तराई– पहाड–पर्वत विषयक तस्बिर प्रदर्शनी आयोजना गरिएको छ ।

बंगालदेशका लागि नेपाली राजदूत डा चोपलाल भुषाल र त्यहाँका प्रसिद्ध कलाकार कनकचम्पा चक्माले प्रदर्शनीको संयुक्त रुपमा शुभारम्भ गरेको ढाकास्थित नेपाली राजदूतावासले जनाएको छ ।

जलवायु परिवर्तनको जोखिममा रहेको दक्षिण एशियालाई त्यसका नकारात्मक असरबाट जोगाउन सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजित उक्त प्रदर्शनीमा राजदूत भुषालले प्रकृति माताले दिएका स्रोतसाधन भावी पुस्ताका लागि जोगाउनु पर्ने बताए ।

सगरमाथासहित पाँचवटा उच्च हिमाल आरोहणका क्रममा १३ जना बंगालादेशी पर्वतारोहीले खिचेका तस्बिर प्रदर्शनीमा समावेश गरिएको छ । प्रदर्शनी भोलिसम्म जारी रहनेछ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]