Dabali News

गंगा दाहालले भनिन्- तरुण दलका अध्यक्षको हत्यामा वाईसिएलको संलग्नता छैन

२५ भदौ

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालकी छोरी गंगा दाहालले तरुण दलका नगर अध्यक्ष रोहीन पुनको हत्यामा वाइसिएल नेपालको संलग्नता नभएको बताएकी छन् । शनिबार रोल्पाको सुलिचौरमा गोली प्रहारबाट पुनको हत्या भएको थियो ।

नेपाली काँग्रेसले वाइसिएलका स्थानीय नेता तथा पूर्वमाओवादी केन्द्र कार्यकर्ताले रोहीतमाथि गोली प्रहार गरेको आरोप लगाइरहँदा दाहालले सामाजिक संजालमा सो कुरा बताएकी हुन् । उनले घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कारवाही गर्न माग समेत गरेकी छन् । उनले संगठनको बदनाम गर्न झुट प्रचार गरिएको भन्दै भ्रममा नपर्न आग्रह गरेकी छन् ।

नेपाली काँग्रेसका रोल्पा सभापति अमरसिंह पुनले पूर्व माओवादी कार्यकर्ता तथा वाइसिएलका स्थानीय नेता देवबहादुर घर्तीले गोली प्रहार गरी पुनको हत्या गरेको बताएका छन् । उनले सत्ताको दुरुपयोग गर्दै पूर्वमाओवादी कार्यकर्ताले पुनमाथि गोली प्रहार गरेको दाबी गरेका छन् । सभापति पुनले चुनावको बेलाको रिस मेट्न पूर्वमाओवादी कार्यकर्ताहरुले रोहीतमाथि गोली प्रहार गरेको समेत बताएका छन् । चुनावको बेला काँग्रेसको पक्षमा राम्रो जनमत देखेपछि माकेका कार्यकर्ताहरुले निहु खोज्दा विवाद उत्पन्न भएको सभापति पुनले बताए ।

यसैबीच तरुण दलले पनि विज्ञप्ति निकालेर घटनाको घोर भत्सर्ना गर्दै दोषीलाई कारवाही नगरे कडा आन्दोनलको चेतावनी दिएको छ । पुन रोल्पा नगरपालिकाका तरुण दलका नगरसभापति हुन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]