Dabali News

देशी-विदेशी प्रतिक्रियावादीको डिजाइनमा प्रकाण्डको गिरफ्तारीः शर्मा

२४ भदौ

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डको गिरफ्तारीलाई लिएर सत्तारुढ दलकै नेताहरुले असन्तुष्टी जनाउँदै आएका छन् । उनीहरुले हतकडी लगाउने अपराध नगरेको भन्दै राजनीतिक व्यवहार गर्न पटक पटक सरकारलाई आग्रह समेत गर्दै आएका छन् । नेकपाले शान्तिपूर्ण राजनीतिक कार्यक्रम गरेकोले वार्ताको माध्यमबाटै समाधान खोजिनुपर्ने धारणा राख्दै आएका छन् ।

प्रकाण्डको गृहजिल्ला कालिकोटका दुई जना वडाअध्यक्षले राजिनामा समेत गरिसकेका छन् । उनीहरुले धरपकट र गिरफ्तारीको विरोध गर्दै गाउँपालिकाका निर्वाचिति वडाअध्यक्षले राजिनामा दिएका हुन् ।

यसैबीच पूर्व माओवादी केन्द्रका पाका नेता नारायण शर्माले त प्रकाण्डको गिरफ्तारी देशी–विदेशी प्रतिक्रियावादीको डिजाइनमा भएको बताएका छन् । उनले रामबहादुर थापालाई असफल बनाउन यो डिजाइन भएको दाबी समेत गरेका छन् ।

सामाजिक संजालमा शर्माले प्रकाण्डको रिहाई पछिको पटक पटकको गिरफ्तारीले मानवअधिकार, मौलिक हक, शान्तिपूणै राजनीतिक संघर्षको अधिकार तथा कानुनी राज्यको सरकारले उलंघन मात्र नभएर गृहप्रशासन र न्यायप्रशासनलाई उकास्ने षड्यन्त्र भएको बताएका छन् । उनले गृहमन्त्र थापाविरुद्ध जनमत भड्काउने देशी विदेशी प्रतिक्रियावादीको षड्यन्त्र भएको समेत दाबी गरेका छन् ।

शर्मा लेख्छन्, “म त पूर्वमन्त्री खड्गबहादुर बिकको हालको बारम्बारको गिरफ्तारी र रिहाईको यो प्रकरणलाई मानव अधिकार, मौलिक हक, शान्तिपूर्ण संघर्षको अधिकार तथा कानूनी राज्यको अवधारणाको सरकारी पक्षबाट भएको उल्लंघन र ज्यादती मात्र हो भन्दिन ! यो प्रकरण त एकातिर राज्य खासगरी प्रहरी–प्रशासनलाई र अर्कातिर न्यायप्रशासनलाई उकासेर दुवै पक्षलाई आ–आफ्नो कामकुरामा अड्डि लिन लगाई सामान्यतः सिङ्गो सरकारको र विशेषतः गृहप्रशासन र अझ मुख्यतः केही राम्रा काम गर्न खोजेर चर्चामा आएका गृहमन्त्री बादलका बिरुद्धमा जनमत भड्काउने र असफल नै गराएर अस्थिरता, अराजकता र अस्तब्यस्तता उत्पन्न गराई आफ्ना कुत्सित स्वार्थहरु पूरा गर्ने–गराउने देसी–विदेसी प्रतिकृयावादी शक्ति र व्यक्तिहरुको षड्यन्त्र र डिजाइनको परिणाम हो भन्ने ठान्दछु ।”

नेता शर्माले शान्ति र स्थिरताको पक्षधर सबैले गम्भीर रुपले हेर्नुपर्ने बताउँदै सवधान हुन आग्रह समेत गरेका छन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]