Dabali News

रेष्टुरेन्टमा गोली चल्यो, तरुण दलका अध्यक्षको मृत्यु, ऊर्जामन्त्रीको आदेशमा गोली हानिएको आरोप

२४ भदौ

रोल्पा । सुलिचौरमा गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । प्रहरी चौकीबाट नजिकै हालै संचालन भएको एक रेष्टुरेन्टमा चलेको गोलीबाट रोहीत पुनको मृत्यु भएको हो । पुन तरुण दलका नगर अध्यक्ष समेत हुन् ।

सुनिल स्मृती गाउँपालीका ४ सुलिचौर प्रहरी चौकीदेखि अगाडि रहको स्थानमा पुनको छातीमा २ र कोखामा एक राउण्ड गोली लागेको बताइएको छ । रोल्पा नगरपालीका २ रेउघा निवासी पुन पाण्डवेश्वरी यातायात प्रा.लि.को काउण्टर उद्घाटनको क्रममा त्यहाँ पुगेका थिए । सुलिचौरमा केही दिनअघिमात्रै रेष्ट पोइन्ट रेष्टुरेन्ट एण्ड बार संचालनमा आएको थियो ।

इलाका प्रहरी चौकि सुलिचौरले घटना घटाएको आशंकामा एक जनालाई नियन्त्रणमा लिएको छ । अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । पुनको शवको पोष्टमार्टमको तयारी भइरहेको छ ।

यसैबीच नेपाल तरुण दलले एक विज्ञप्ति जारी गरेर घटनाको घोर भत्सर्ना गरेको छ । उसले सत्ताको आडमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कार्यकर्ता देव घर्तीले गोली चलाएको आरोप लगाएको छ ।

तरुण दलका महासचिव भुपेन्द्र शाहीले आइतबार दिउँसो विज्ञप्ति जारी गरेर कानुन हातमा लिएर (नेकपा)का कार्यकर्ताले प्रहरी चौकीबाट १५ मिटरको दूरीमा पुनमाथि गोली प्रहारी गरी पुनको हत्या गरेको बताएका छन् । उनले उक्त घटनालाई अपराधिक र आतंककारीको संज्ञा दिएका छन् ।

ऊर्जामन्त्री वर्षमान पुनको आदेशमा उक्त गोलीकाण्ड भएको तरुण दलका नेताहरुले घटनाको छानविनको माग समेत गरेका छन् ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]