Dabali News

तीजका भाका र एरोविक्स विधिमा बेग्लै तरिकाले तीज मनाए महिलाहरु

२४ भदौ

काठमाडौं । सामाखुशीको एक पार्टी प्यालेसमा तीजको भाका र एरोविक्स डान्स विधिमा करिब डेढसय सहभागीहरुले बेग्लै तरिकाले तीज मनाएका छन् ।

एनडी एरोविक्सका प्रशिक्षक तथा चर्चित मोडल नयन डिसी तथा स्टार कलिउडका संस्थापक तथा निर्देशक भुवन लामाले तीजका भाकामा मात्र होइन एरोबिक्स डान्समा पनि सहभागीहरुलाई भरपुर मनोरन्जन प्रदान गरेका थिए ।

कार्यक्रममा प्रमुख अथिति प्रदेश नं.३ का सभासद कल्पना नेपालीले देशभर भइरहेको महिला उत्पीडन, बलात्कार, हिंसा तथा चेलीबेटी बेच बिखन बिरुद्द उत्रन आब्हान गरिन् ।

यतिबेला महिलाहरुमाथि जतिबेला पनि हिंसा र दुब्र्यवहार भएको भन्दै महिलाहरु सचेत र चनाखो हुनु पर्ने बताइन् उनले एरोविक्सका माध्यमबाट आफूलाई शारीरिक रुपमा तन्दुरुस्ती राख्न सकिने पनि बताएकी छिन् ।

स्टार कलिउडका कलाकार र एन डि एरोविक्सका प्रशिक्षार्थीहरुले आकर्षक नृत्य प्रस्तुत गरे । साथै नयन डिसी र विनिता पुन मगरको नृत्यले माहोल तताएको थियो । आतिश लामाको सेलो गीतको प्रस्तुतीमा सहभागीहरुले मजा लिए ।

कार्यक्रममा पत्रकार महेश गौतम, सूर्य चन्द, अच्युत रेग्मी कलाकारहरु विनिता परियारलगायतको सहभागिता थियो ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]